logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘दुःखी आत्मा’ र ‘रंगी’ एक साथ प्रदर्शनमा

‘दुःखी आत्मा’ र ‘रंगी’ एक साथ प्रदर्शनमा


  • शुक्रबार, फाल्गुन २ २०८१
  • 481
    SHARES

    काठमाडौँ – शुक्रबारदेखि दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।

    दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् ।

    अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ ।

    ‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दिपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।

    प्रकाशित : शुक्रबार, २ फाल्गुन २०८१ , ०१:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend