लोकसारथि, ८ फागुन । लुम्बिनी प्रदेश: नृत्य निर्देशक संघ नेपाल, लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल स्थित ऐतिहासिक जितगढी किल्लामा चौथो संस्करणको राष्ट्रिय नृत्य दिवस भव्य रुपमा मनाइयो।
नृत्य दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरलाई सधैं कलाकारका पक्षमा सकारात्मक रहेको उल्लेख गर्दै, यस प्रकारका सांस्कृतिक गतिविधिहरूको समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको उद्घाटन गर्दै, लुम्बिनी प्रदेशका अध्यक्ष लोकेन्द्र शाहले ऐतिहासिक जितगढी किल्लाको प्रचारप्रसार र पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्यले सो कार्यक्रम यहाँ आयोजना गरिएको बताए।
कार्यक्रममा विभिन्न जिल्लाबाट आएका सहभागीहरूले विभिन्न समुदाय र जातजातिको सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। १० विभिन्न प्रदेशबाट १५ भन्दा बढी नृत्य टोलीका करिब २ सय कलाकारहरूले सहभागिता जनाए। कार्यक्रमको संचालन डिल्ली नारायण पाण्डेले गरेका थिए।
सो अवसरमा बुटवल नगर उपप्रमुख साबित्रा अर्याल, केन्द्रिय अध्यक्ष भुबन दास श्रेष्ठ, महासचिव ऋषिकेश श्रेष्ठ, प्रदेश उपाध्यक्ष मिना बुढाथोकी, उपाध्यक्ष अर्जुन साह लगायतका व्यक्तिहरूले बुटवललाई कलाकारितामा केन्द्र बन्दै गएको बताउँदै यसको भविष्य उज्जवल रहेको बताए।
नेपालका पहिलो लोक नृत्य निर्देशक मानिने भैरवबहादुर थापाको जन्मदिनको अवसर पारेर प्रत्येक वर्ष नृत्य दिवस मनाउन नृत्य निर्देशक संघले योजना बनाएको हो। यद्यपि, सरकारी तवरबाट यस दिवसको आधिकारिक घोषणा भने हालसम्म भएको छैन।
नृत्य निर्देशक संघले काठमाडौँ, बुटवल, बनेपा र पुनः बुटवलमा यो दिवस आयोजना गर्दै आएको छ। Lumbini प्रदेशका अध्यक्ष लोकेन्द्र शाहका अनुसार, यो दिवस नेपाली सांस्कृतिक सम्पदालाई संरक्षण र प्रवद्र्धन गर्न महत्त्वपूर्ण कदम हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
