लोकसारथि, १० फागुन । सवारी दुर्घटनामा परेर भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलामा सहभागी भएर घर फर्किएका चार जनाको मृत्यु भएको छ। सो घटनामा छ जना घाइते भएका छन्।
उत्तर प्रदेशका गोरखपुर लिङ्क रोडमा शुक्रवार राति उनीहरू चढेको सवारी दुर्घटनामा परेको थियो। दुर्घटनामा कञ्चनरूप नगरपालिका– ७ का ६५ वर्षीय परशुराम चौधरी, ६४ वर्षीया लिलावती चौधरी, वडा नम्बर– ५ की ५५ वर्षीया हरिहर वती यादव र उनकी भाउजू सुनसरीको कुशहा गाउँपालिका– १ की समतोलियादेवी यादवको मृत्यु भएको कञ्चनरुप नगरपालिका– ७ का वडाध्यक्ष समानन्द चौधरीले जानकारी दिए।
सोही गाडीमा रहेका लिलावतीका श्रीमान् कञ्चनपुर नगरपालिका १ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेवी यादव, वडा नम्बर ५ का जितु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते छन्। उनीहरूको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
