logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिए

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिए


  • शनिबार, फाल्गुन २४ २०८१
  • 624
    SHARES

    रौतहट – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्। उनले राजतन्त्र पुनःस्थापना असम्भव रहेको स्पष्ट पारे।

    शनिबार बिहान रौतहटको गरूडामा उद्योगी तथा व्यापारीहरूसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, “इतिहासको चर्खा कहिले पनि फर्कँदैन। यदि उहाँलाई सत्तामा आउने इच्छा छ भने पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।”

    उनले नेपालमा लोकतान्त्रिक प्रणाली मजबुत बनिसकेको र जनताले राजतन्त्र अस्वीकार गरिसकेकाले अब त्यस्तो व्यवस्था फर्किन नसक्ने बताए।

    यस क्रममा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल पुनः सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले यो मिलसँग रोजगारी र आर्थिक विकास जोडिएको उल्लेख गर्दै, पार्टीको तर्फबाट यसको पुनःसञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने आश्वासन दिए।

    प्रकाशित : शनिबार, २४ फाल्गुन २०८१ , ०६:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend