logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

रुसको आक्रमणमा २५ को मृत्यु, डोन्सटकमा ११ को ज्यान गयो

रुसको आक्रमणमा २५ को मृत्यु, डोन्सटकमा ११ को ज्यान गयो


  • आइतबार, फाल्गुन २५ २०८१
  • 2K
    SHARES

    लोकसारथि डेस्क, २६ फागुन । पछिल्लो समय रुसले युक्रेनमा गरेको आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। युक्रेनी अधिकारीहरूले लगातारको आक्रमणका कारण स्थिति गम्भीर बनेको बताएका छन्।

    डोन्सटक क्षेत्रमा भएको आक्रमणमा ११ जनाको ज्यान गएको छ भने ४० जना बेपत्ता भएका छन्। मृत्यु हुनेहरूमा ६ जना बालबालिका छन्।

    गएको साता ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता तनावपूर्ण बनेपछि रुसले फेरि आक्रमणको योजना बनाएको बताइएको छ। ट्रम्पसँगको भनाभनपछि अमेरिकाले सैन्य सहयोग र गुप्तचर साझेदारी रोकेको थियो, जसपछि रुसले आक्रमण तीव्र पारेको हो।

    शुक्रबार डोन्सटकमा आठ आवासीय भवन तथा दुई डिपार्टमेन्टल स्टोरमा रुसले हमला गरेको थियो। सोही आक्रमणमा ११ जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबार भएका अन्य आक्रमणमा थप ९ जनाको मृत्यु हुनुका साथै १३ जना हराएका छन्।

    शनिबार खार्किभमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।

    यसैबीच, शुक्रबार नै ओडिषाको ऊर्जा केन्द्रलाई लक्षित गर्दै रुसले अर्को हमला गरेको थियो।

    शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनसँगको सम्झौता रुससँगको भन्दा कठिन रहेको टिप्पणी गरेका थिए।

    प्रकाशित : आइतबार, २५ फाल्गुन २०८१ , १२:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend