logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राप्रपालाई काठमाडौं महानगरपालिकाद्वारा एक लाख रूपैयाँ जरिवाना

राप्रपालाई काठमाडौं महानगरपालिकाद्वारा एक लाख रूपैयाँ जरिवाना


  • आइतबार, फाल्गुन २५ २०८१
  • 2.9K
    SHARES

    २५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रूपैयाँ जरिवानाको निर्णय गरेको छ।

    आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपाको अगुवाइमा विमानस्थल, तिलगंगा, गौशाला लगायतका सार्वजनिक स्थानहरूमा फोहोर फैलिएको, सडक, सडकपेटी, आइल्यान्ड, त्यहाँ रहेका बिरुवा तथा रेलिङमा भौतिक क्षति पुगेको भन्दै महानगरपालिकाले जरिवानाको पत्र काटेको हो।

    महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ को प्रावधानअनुसार एक लाख रूपैयाँ जरिवाना तिराउने निर्णय गरेको जनाएको छ।

    महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा पठाएको चिठीमा यी कानुनी आधारहरू उल्लेख गर्दै वातावरणीय क्षतिको जिम्मेवारी लिँदै जरिवाना बुझाउन आग्रह गरिएको छ।

    महानगरले सार्वजनिक स्थानहरूको संरक्षण र सफाइमा ध्यान दिन सबैलाई आग्रह गर्दै यस्ता गतिविधिहरूलाई कडाइका साथ नियन्त्रण गर्ने चेतावनी दिएको छ।

    प्रकाशित : आइतबार, २५ फाल्गुन २०८१ , ०३:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend