logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

केशव सापकोटा सरस्वती बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षका उमेदवार बन्ने

केशव सापकोटा सरस्वती बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षका उमेदवार बन्ने


  • बुधबार, फाल्गुन २८ २०८१
  • 1.6K
    SHARES

    सज्जन ढकाल, काठमाडौँ । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सरस्वती बहुमुखी क्याम्पस, काठमाडौंमा केशव सापकोटा अध्यक्ष पदका लागि उमेदवार बन्ने भएका छन्। सापकोटा विद्यार्थी हकहितका पक्षमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

    सापकोटा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समेत हुन्। क्याम्पसमा उनले विभिन्न विद्यार्थी आन्दोलन तथा कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। उनी गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–५, फोक्सिङका स्थायी बासिन्दा हुन्।

    स्ववियु निर्वाचन नजिकिँदै गर्दा विभिन्न विद्यार्थी संगठनहरूले आफ्ना उम्मेदवार घोषणा गर्न थालेका छन्। यसैक्रममा, सापकोटाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले क्याम्पसका विद्यार्थीहरूका लागि शिक्षाको गुणस्तर सुधार, पूर्वाधार विकास, र नीतिगत सुधारलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।

    चैत ५ गते त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक क्याम्पस तथा १,०४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। यस निर्वाचनमा २८ वर्ष उमेरहद तोकिएको छ भने मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ।

    प्रकाशित : बुधबार, २८ फाल्गुन २०८१ , ०२:१३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend