logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

१७२ यात्रुहरुले खचाखच भरिएको विमानमा आगलागी, मानिसहरु भागाभाग

१७२ यात्रुहरुले खचाखच भरिएको विमानमा आगलागी, मानिसहरु भागाभाग


  • शुक्रबार, चैत्र १ २०८१
  • 546
    SHARES

    वासिङटन डिसी : अमेरिकाको कोलोराडो राज्यस्थित डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलमा अचानक यात्रुहरूले खचाखच भरिएको विमानमा आगलागी भयो। भित्र रहेका यात्रुहरूले आगलागीको सूचना पाए लगत्तै त्यहाँ भागदौड मच्चियो। हतारहतारमा यात्रुहरूलाई जसो तसो विमानबाट बाहिर निकालियो। आपतकालीन ढोका खोलियो, जसपछि केही यात्रुहरू विमानको पखेटामा उभिएको देखिए। चारैतिर धुवाँ फैलिएर त्रासदीपूर्ण अवस्था सिर्जना भयो। तर, सौभाग्यवश यो दुर्घटनामा कुनै पनि यात्रु वा चालक दलका सदस्यहरूलाई चोटपटक लागेन।

    बताइएअनुसार, बिहीबार बेलुका डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको थियो। विमानस्थल अधिकारीहरूका अनुसार गेट C38 मा पार्क गरिएको विमानमा आगो लागेको थियो, र टरम्याकमाथि गाढा कालो धुवाँ उठेको देखिएको थियो।

    यो उडान कोलोराडो स्प्रिङ्स विमानस्थलबाट उडेको थियो र डल्लास फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो, तर आपतकालीन रूपमा डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडियो। अमेरिकन एयरलाइन्सका अनुसार, यस उडानका लागि प्रयोग गरिएको विमान बोइङ 737-800 थियो।

    मिडिया रिपोर्टअनुसार, विमानस्थलका अधिकारीहरूले पुष्टि गरे कि गेट C38 मा रहेको अमेरिकन एयरलाइन्सको विमानबाट धुवाँ निस्किरहेको थियो। विमानस्थल प्रशासनका अनुसार आगो नियन्त्रणमा लिइसकिएको थियो र बेलुका ६:१५ बजेसम्म कसैको घाइते हुने कुनै सूचना प्राप्त भएको थिएन। यसबीच, फेडरल एभिएशन एडमिनिस्ट्रेशन (FAA) ले जनायो कि अमेरिकन एयरलाइन्सको उडान 1006 लाई बिहीबार बेलुका डेन्भर अन्तर्राष्ट्रिय विमानस्थलतर्फ मोडेर सुरक्षित अवतरण गराइएको थियो।

    प्रकाशित : शुक्रबार, १ चैत्र २०८१ , ०५:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend