logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

“हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं” -प्रचण्ड

“हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं” -प्रचण्ड


  • सोमबार, चैत्र ४ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले आफूहरु सरकार बनाउनतिर लाग्यो भनेर भइरहेको चर्चाको खण्डन गरेका छन् ।

    राजेन्द्र श्रेष्ठको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले आफूहरु आत्मसमीक्षासहित पार्टी निर्माणको अभियानमा रहेको बताए ।

    प्रचण्डले भने, ‘हिजोअस्तिदेखि आइरहेको छ, कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए रे भनेर सोसल मिडियामा आइरहेको छ, तर हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं । देशमा संकट आयो भने कसरी समाधान गर्ने भनेर विचार त दिन्छौं, तर यही सरकारमा जाने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार भ्रम हो ।’

    उनले सरकारमा जाने विषयमा अहिलेसम्म कसैसँग छलफल नभएको बताए ।

    आफूहरुले राम्रो काम गर्दागर्दै हटाएर भ्रष्टाचारको रक्षा गर्न बनेको सरकार भएकाले सरकारको विषयमा मिलनविन्दु नदेखेको प्रचण्डले बताए ।

    प्रकाशित : सोमबार, ४ चैत्र २०८१ , ११:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend