लोकसारथि, बुटवल – लायन्स क्लब अफ बुटवल शाइनको लायन वर्ष २०२५-२०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नव-निर्वाचित अध्यक्ष लायन शारदा ज्ञवालीलाई पूर्व अध्यक्ष लायन राधिका ज्ञवालीले पद हस्तान्तरण गरेकी छन्।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष लायन रेनु तिवारी, द्वितीय उपाध्यक्ष लायन भगवती खनाल, तृतीय उपाध्यक्ष लायन शर्मिला आचार्य, सचिव मधु अर्याल, र कोषाध्यक्ष लायन कल्पना पन्थी चयन भएका छन्। नव-निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
लायन्स क्लब अफ बुटवल शाइन सन् २०२१ नोभेम्बर १६ मा स्थापना भएको हो। स्थापना हुँदा २० जना चार्टर सदस्य रहेको यस क्लबमा हाल ३० जना सदस्य रहेका छन्। क्लबको आईडी नम्बर १४८९८७ रहेको छ। यस क्लबलाई लायन्स क्लब अफ बुटवल देउरालीले प्रायोजित गरेको हो।

लायन्स क्लब इन्टरनेशनल संसारकै सबैभन्दा ठूलो गैर-नाफामूलक सेवा संगठनमध्ये एक हो, जसले स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, खाद्य सुरक्षा, वातावरण संरक्षण तथा दृष्टि सुधार जस्ता सेवाका क्षेत्रमा योगदान पुर्याउँदै आएको छ। विश्वभर २०० भन्दा बढी देशमा करिब १४ लाख लायन्स सदस्यहरू सेवा गरिरहेका छन्।
लायन्स क्लब अफ बुटवल शाइनले पनि स्थानीय स्तरमा विभिन्न सामाजिक सेवाका कार्यक्रमहरू गर्दै आएको छ। स्वास्थ्य शिविर, वातावरणीय सरसफाइ, रक्तदान कार्यक्रम, खाद्य तथा शैक्षिक सामग्री वितरणजस्ता अभियानहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखिएको छ।
नयाँ कार्यसमितिले क्लबको सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै थप नवीन कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ।
—लोकसारथि
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
