लोकसारथि समाचार सेवा, पोखरा – पोखरा महानगरपालिका–१७, बिरौटामा हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। महायज्ञको पूर्वसन्ध्यामा हाल विभिन्न प्रचारप्रसार कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।
चैत्र २९ देखि कथा प्रवचन, भारतकी बाल वाचिका अनुराधा पाण्डेयको आगमन
कोटिहोम महायज्ञको प्रारम्भिक कथा प्रवचन कार्यक्रम चैत्र २९ गतेदेखि सुरु हुने आयोजक मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जनाएको छ। पहिलो प्रवचनका लागि विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भएकी छन्।
बैशाख १७ देखि सुरु महायज्ञमा विविध धार्मिक र सामाजिक कार्यक्रमहरू
महायज्ञको औपचारिक उद्घाटन बैशाख १७ गते गरिनेछ। महायज्ञ अवधिमा शंकराचार्य, जगदगुरु, साधु-सन्त, महन्त, साथै विश्वभरका ख्यातिप्राप्त कथा वाचक र वाचिकाहरूको आगमन र आशिर्वचनको कार्यक्रम रहेको छ।
एक करोड शिवलिङ्ग र कोटी दीप प्रज्वलन सहितका भव्य धार्मिक कार्यक्रम
महायज्ञ अन्तर्गत निम्न विशेष कार्यक्रमहरू सञ्चालन हुनेछन्:
-
श्रीमद्भागवत कथा, रामकथा, शिवमहापुराण, हनुमान कथा, देवी भागवत कथा
-
लाखौँको विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान
-
प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन
-
एक करोड शिवलिङ्ग स्थापना र एक करोड बेलपत्रद्वारा पूजन
-
३ सयभन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति
-
लाखौँ रामनाम पुस्तिका वितरण तथा अरबौँ रामनाम लेखन
सांस्कृतिक र सामाजिक विविधता समेटिएका कार्यक्रमहरू
-
राष्ट्रिय भजन प्रतियोगिता, कवि-सन्त सम्मेलन, धार्मिक वक्तृत्वकला प्रतिस्पर्धा
-
११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा
-
ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका १ हजार स्रष्टा सम्मान
-
शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान
-
तन्दुलाञ्चल र धान्याञ्चल पर्वत निर्माण
हजारौँको सहभागिता अपेक्षित
आयोजकले महायज्ञलाई धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक दृष्टिले ऐतिहासिक बन्ने विश्वास लिएको छ। स्थानीयवासी, श्रद्धालु भक्तजन तथा देश-विदेशका अतिथिहरूको विशाल सहभागिता हुने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
