logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

फिल्म ‘हर्ष’ को छायाङ्कन सम्पन्न, चितवनमै ४० दिनको सुटिङ सकियो

फिल्म ‘हर्ष’ को छायाङ्कन सम्पन्न, चितवनमै ४० दिनको सुटिङ सकियो


  • आइतबार, चैत्र २४ २०८१
  • 1.1K
    SHARES

    काठमाडौँ, चैत २४ – अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको केन्द्रीय भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘हर्ष’ को छायाङ्कन कार्य सम्पन्न भएको छ। निर्देशक एकता पौडेलको निर्देशनमा निर्माण भइरहेको फिल्मको छायाङ्कन निर्धारित ४० दिनको तालिका भन्दा ५ दिन अघिनै पूरा भएको हो।

    निर्देशक पौडेलले कलाकार र प्राविधिक टिमको उत्साहजनक सहयोगका कारण फिल्म समयमै सकिएको जानकारी दिइन्। “फिल्मका ५ गीत र सम्पूर्ण छायाङ्कन कार्य सकिएको छ,” पौडेलले भनिन्, “अब पोस्ट-प्रोडक्सन सकेर मात्र प्रदर्शन मिति सार्वजनिक गरिनेछ।”

    चितवनमै खिचियो पूरै फिल्म

    यो फिल्मको सम्पूर्ण छायाङ्कन चितवन जिल्लाभित्रै गरिएको हो। स्थानीय परिवेशमा आधारित पारिवारिक सामाजिक कथामा आधारित यो फिल्मले चितवनको दृश्यावलोकनमार्फत स्थानीयपन र यथार्थता देखाउने उद्देश्य राखेको छ।

    एकताको निर्देशन डेब्यू

    ‘हर्ष’ निर्देशक एकता पौडेलको डेब्यू निर्देशन हो। उनले अमेरिकाबाट फिल्म निर्माणको अध्ययन सकेकी छन् र यसअघि विभिन्न सर्ट फिल्ममा अनुभव बटुलेकी छिन्। फिल्मको कथा समेत पौडेल आफैंले लेखेकी हुन्।

    निर्माण टिम

    फिल्म ई–प्राइम मुभिजअष्टलक्ष्मी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो। प्रशन्न पौडेलविकास पौडेल फिल्मका निर्माता हुन्। फिल्मको पोस्ट–प्रोडक्सन कार्य सम्पन्न भएपछि प्रदर्शन मिति घोषणा गरिने तयारीमा निर्माण टिम रहेको छ।

    फिल्म ‘हर्ष’ले नेपाली समाजमा विद्यमान सम्बन्ध, भावना र संघर्षलाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ। निर्देशक पौडेलको नयाँपन र खगेन्द्र–वर्षाको अभिनय क्षमताले फिल्मप्रति दर्शकको उत्साह बढ्ने देखिन्छ।

    प्रकाशित : आइतबार, २४ चैत्र २०८१ , ०१:३७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend