logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित


  • सोमबार, चैत्र २५ २०८१
  • 988
    SHARES

    लोकसारथि, २५ चैत ।

    पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन्। यही चैत १९ र २० गते बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्दै उपाध्यक्ष बनाउने निर्णय गरेको हो।

    पार्टी विधानअनुसार उपाध्यक्ष पदका लागि स्थायी कमिटी सदस्य अनिवार्य हुने भएकाले पुनलाई पहिले स्थायी कमिटी सदस्य बनाइएको हो।

    राष्ट्रपति विद्यादेवी भण्डारी कार्यकालमा उपराष्ट्रपति रहेका पुन पछिल्लो समयदेखि पार्टीका गतिविधिमा सक्रिय रहँदै आएका थिए। सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टीका बैठक, छलफल र कार्यक्रमहरूमा नियमित सहभागिता जनाइरहेका पुनलाई अब पार्टीभित्र जिम्मेवार भूमिकामा ल्याउने तयारी गरिएको छ।

    पार्टी स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई थप सक्रिय र प्रभावशाली जिम्मेवारी दिने सोच बनाएका छन्।

    राज्यको उच्च पदमा पुगिसकेका व्यक्ति फेरि पार्टी राजनीतिमा फर्कनु स्वाभाविक नहुने भन्दै केही आलोचना भइरहेकै बेलामा माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष बनाएको हो।

    यसैबीच, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि नेकपा एमालेको राजनीतिमा सक्रिय रूपमा फर्कने तयारीमा देखिएकी छन्। गत वैशाखमा पार्टी सदस्यता नवीकरण गरेकी भण्डारीले त्यसयता विभिन्न प्रदेशमा पुगेर नेताकार्यकर्तासँग भेटघाट र छलफल गरिरहेकी छन्।

    पूर्व उपराष्ट्रपति पुनको सक्रिय राजनीतिमा पुनरागमनले भण्डारीको राजनीतिक पुनरागमनलाई थप सहज बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    — लोकसारथी

    प्रकाशित : सोमबार, २५ चैत्र २०८१ , १०:२६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend