logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

जनकपुरधाममा प्रदेश उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु

जनकपुरधाममा प्रदेश उपसभामुखहरूको तीन दिवसीय सम्मेलन सुरु


  • बिहिबार, बैशाख ४ २०८२
  • 767
    SHARES

    लालगढमा संसदीय अभ्यास र नीतिगत सुधारबारे अनुभव आदानप्रदान

    जनकपुरधाम, धनुषा — धनुषाको लालगढमा सातवटै प्रदेशका उपसभामुखहरूको सहभागिता रहेको तीन दिवसीय सम्मेलन सुरु भएको छ। मधेस प्रदेशसभा सचिवालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका र नीतिगत सुधारका विषयमा गम्भीर छलफल हुने आयोजकले जनाएका छन्।

    ‘संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरू’ शीर्षकमा आयोजना गरिएको सम्मेलनमा उपसभामुखहरूबीच अनुभव आदानप्रदान गरिनेछ।

    सम्मेलनमा राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार, मधेस प्रदेशकी बबिताकुमारी ईशर, बागमती प्रदेशकी अपसरा चापागाईं, गण्डकी प्रदेशकी विना कुमारी थापा, लुम्बिनी प्रदेशकी मेनुका खाँड केसी, कर्णाली प्रदेशकी यशोदा न्यौपाने र सुदूरपश्चिम प्रदेशकी कोइलीदेवी चौधरीको उपस्थिति रहेको छ।

    कार्यक्रममा वरिष्ठ संविधानविद् डा. काशीराज दाहालसहितका विज्ञहरूको समेत उपस्थिति रहेको छ। सम्मेलन आगामी तीन दिनसम्म चल्नेछ।

    प्रकाशित : बिहिबार, ४ बैशाख २०८२ , १०:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend