logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठ राजीनामा दिने तयारीमा

रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठ राजीनामा दिने तयारीमा


  • बिहिबार, बैशाख ४ २०८२
  • 1.6K
    SHARES

    एक पद, एक व्यक्ति नीतिअनुसार सहमहामन्त्री पदबाट हट्न लागेकी सांसद श्रेष्ठ

    काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिने तयारी थालेकी छिन्। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार श्रेष्ठले आज रास्वपाको सचिवालयलाई आफू राजीनामा दिन लागिएको जानकारी गराएकी हुन्।

    उनले पार्टीको आज बस्ने बैठकअघि नै राजीनामाको विषयमा अवगत गराएकी थिइन्। श्रेष्ठले यसअघि पनि पद त्याग गर्न चाहेको जनाइएको छ। चैत्र १७ गते, रवि लामिछाने पुनः सभापति बनेको दिन पनि उनले राजीनामा दिने इच्छा व्यक्त गरेकी थिइन्।

    प्रवक्ता झाका अनुसार श्रेष्ठ अब संसदीय भूमिकामै केन्द्रित हुन चाहन्छिन्। उनले पार्टीमा सहमहामन्त्रीको अतिरिक्त जिम्मेवारी त्यागेर सांसदको भूमिकालाई प्राथमिकता दिने निर्णय लिएको बुझिएको छ।

    २०७९ मंसिर ११, १२ र १३ गते जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय समिति बैठकले ‘एक व्यक्ति, एक पद’ नीतिको निर्णय गरेको थियो। सोही निर्णयको पालना गर्दै श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिन लागेकी हुन्।

    यससँगै रास्वपाभित्र आन्तरिक संरचना सुधार र भूमिकाको स्पष्टता ल्याउने प्रयास तीव्र बनिरहेको देखिन्छ।

    प्रकाशित : बिहिबार, ४ बैशाख २०८२ , १२:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend