logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

राप्रपाद्वारा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ माग, वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शनको तयारी

राप्रपाद्वारा आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ माग, वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शनको तयारी


  • बिहिबार, बैशाख ४ २०८२
  • 1K
    SHARES

    लोकसारथि, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताहरूको तत्काल रिहाइको माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीको कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्दै सरकारसँग स्पष्ट रूपमा रिहाइको माग गरेका हुन्।

    राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायत प्रदर्शनमा सहभागी केही कार्यकर्ताहरू प्रहरीद्वारा गिरफ्तार गरिएका थिए। अध्यक्ष लिङ्देनले ती सबैको तत्काल रिहाइको माग गर्दै कानूनी र राजनीतिक दुवै लडाइँ सशक्त रूपमा अघि बढाउने निर्णय भएको जानकारी दिए।

    आन्दोलन सशक्त र संगठन बलियो बनाउने तयारी

    लिङ्देनले उपत्यकाभित्र वडा तहसम्म संगठन विस्तार गर्दै पार्टीलाई थप बलियो बनाउने रणनीति अनुरूप नेता–कार्यकर्तालाई परिचालन गरिने बताए। साथै, आन्दोलनलाई पनि थप सशक्त बनाउँदै लैजाने निर्णय भएको उनको भनाइ छ।

    निषेधित क्षेत्रमा प्रदर्शन, ७७ वटै जिल्लामा कार्यक्रम

    पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय लिएको छ। त्यसपछि वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरिएको छ।

    विशेष कमिटी गठन

    आन्दोलन कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउन राप्रपाले एउटा विशेष कमिटी गठन गर्ने निर्णय पनि गरेको छ। उक्त कमिटीले आन्दोलनसम्बन्धी सबै कार्यक्रमको व्यवस्थापन गर्नेछ।

    राप्रपाले आन्दोलन र संगठनलाई सँगसँगै लैजाने रणनीति अनुरूप आगामी दिनमा थप दबाबमूलक कार्यक्रम ल्याउने संकेतसमेत दिएको छ।

    प्रकाशित : बिहिबार, ४ बैशाख २०८२ , ०४:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend