– लोकसारथि संवाददाता, लुम्बिनी ।
७ बैशाख, काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनले आफ्नो ११औं राष्ट्रिय सम्मेलनको सन्दर्भमा आइतबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । एमाले निकट त्रिवि प्राध्यापकहरूको पेशागत संगठनको रुपमा रहेको यस संगठनले पत्रकार सम्मेलनमार्फत अधिवेशनको विषयवस्तु, उद्देश्य र भावी कार्यदिशा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रतिनिधिहरूको सहभागितासँगै संगठन विस्तार, बौद्धिक हस्तक्षेप र देश तथा शिक्षा प्रणालीमा देखिएको समस्या समाधानका लागि संगठनको सक्रिय भूमिका रहने स्पष्ट पारिएको थियो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औं राष्ट्रिय सम्मेलन भोलि, २०८२ वैशाख ८ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित स्मृति भवनमा सुरु हुँदैछ । यो सम्मेलन वैशाख ८ र ९ गतेसम्म चल्नेछ । सम्माननीय प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा हुने उद्घाटन सत्रको समय बिहान ११ बजे तोकिएको छ । संगठनले नेपालभरका सम्पूर्ण विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्रतिष्ठानहरूमा कार्यरत प्राध्यापकहरूलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ ।
संगठनले प्राध्यापकहरूको मात्र नभई राष्ट्रिय सरोकारका विषयमा समेत सक्रिय रूपमा कलम चलाउँदै आएको छ । यद्यपि संगठनभित्र विचार र व्यवहारको अन्तर्विरोध, आन्तरिक गुटगत संस्कार, विचार विपर्यास, र गुट विशेषको कृपाबाट पद प्राप्तिको प्रवृत्तिको आलोचना पनि हुँदै आएको छ ।
प्रगतिशीलताको नाममा कामको प्रगतिशीलता, विचारको स्पष्टता र देश–जनताको पक्षमा बौद्धिक हस्तक्षेपको खाँचो सम्मेलनको मूल सन्देश बन्ने अपेक्षा गरिएको छ । विगतमा ‘चाडपर्व र परम्पराको वैज्ञानिक पक्ष’ जस्ता बहस आयोजना गरेर संगठनले बहुआयामिक विषयमा सैद्धान्तिक हस्तक्षेप गर्न सक्ने क्षमताको परिचय दिएको स्मरण गरिएको छ ।
पत्रकार सम्मेलनमा विगतमा विश्वविद्यालयहरूमा भइरहेका तालाबन्दी र शिक्षण अवरोधका घटनाहरूमा प्रत्यक्ष वा परोक्ष भूमिका निर्वाह गर्ने दल विशेषका नेताहरूको आलोचना गरिएको थियो । त्रिविका रजिष्ट्रार प्रा. डा. पेशल दाहालले केही समयअघि नेविसंघका नाममा भइरहेका गतिविधि सम्बन्धमा सार्वजनिक रूपमा गगन थापाको उपस्थितिमा नै बोल्नुपरेको सन्दर्भ पनि पत्रकार सम्मेलनमा उठाइयो ।
कार्यक्रममा वक्ताहरूले मार्क्सवादी दृष्टिकोणबाट देश, समाज, संस्कृति र शिक्षाको समग्र विश्लेषणको आवश्यकता औँल्याएका थिए । “सत्य सजिलै स्थापित हुँदैन, टन्टलापुर घाम नलागी अन्धकार हट्दैन”, भन्ने वाक्य उद्धृत गर्दै विचारमा स्पष्टता र व्यवहारमा प्रतिबद्धता राख्नुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा मुलुकमा देखिएको प्रतिक्रियावादी प्रवृत्ति, वैचारिक विचलन, अवसरवादी कम्युनिष्ट, जनताको बहुदलीय जनवादप्रति विमुख हुँदै गइरहेका धारहरूबारे गम्भीर समीक्षा भएको थियो । वाम आन्दोलन र लोकतन्त्रको सुदृढीकरणमा प्राध्यापकको भूमिका निर्णायक हुने भन्दै “बेलाको बोली र मौकाको काम” को महत्त्वबारे पनि चर्चा गरियो ।
सम्मेलनका लागि हार्दिक निमन्त्रणा

नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रचारप्रसार उपसमिति संयाेजक तिलक भुसालले वैशाख ८ र ९ गते काठमाडौँको कीर्तिपुरमा सम्पन्न हुन गइरहेको ११औं राष्ट्रिय सम्मेलनमा पाल्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, प्रतिनिधि, पर्यवेक्षकलगायत सम्पूर्ण सहभागीलाई हार्दिक स्वागत गर्दै नेपालभरका सम्पूर्ण विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्रतिष्ठानहरूमा कार्यरत प्राध्यापकहरूलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि निमन्त्रणा गरेका छन् ।
कार्यक्रम :
-
मिति: २०८२ बैशाख ८ गते
-
स्थान: स्मृति भवन, त्रि.वि., कीर्तिपुर, काठमाडौं
-
समय: बिहान ११ बजे
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
