लोकसारथि संवाददाता, कास्की।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको भ्रष्टाचारबारे छानबिन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ। रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठी नेतृत्वको टोलीले पर्यटन मन्त्री बद्री पाण्डे, नागरिक उड्डयन कार्यालय पोखरा र संसदको सार्वजनिक लेखा समितिसमक्ष औपचारिक मागपत्र बुझाएको हो।
मागपत्रमा विमानस्थल निर्माणमा संलग्न प्राधिकरणका पदाधिकारीहरू र राजनीतिक संलग्नता रहेको शंका गरिएका व्यक्तिहरूविरुद्ध निष्पक्ष अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरिएको छ।
यसअघि संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। सो प्रतिवेदन सार्वजनिक भएपछि रास्वपालगायत विभिन्न राजनीतिक दल र नागरिक समाजले यसको छानबिनको माग गर्दै आएका छन्।
रास्वपाले भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी विकास प्रक्रिया सुनिश्चित गर्न विमानस्थल प्रकरणको गम्भीर छानबिन अपरिहार्य भएको जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
