लोकसारथि संवाददाता ।
“कसले बनायो ठुलो र सानो जात, के नै फरक छ यहाँ तिम्ले र मैले फेर्ने सास” — यस्तै गहिरा सवाल बोकेको सामाजिक सचेतनामूलक गीत खड्का गजमेर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।
जातीय विभेद, सामाजिक अन्याय र समानताको सन्देश बोकेको यस गीतमा खड्का कुमार गजमेरको रचना, कर्मा ग्याल्छेन बम्जनको सङ्गीत र Hari Gajmer को सशक्त स्वर सुन्न सकिन्छ। गीतले नेपाली समाजमा अझै गहिरिएको जातीय भेदभावप्रति प्रश्न उठाउँदै सबै मानिस बराबर हुन् भन्ने चेतना फैलाउने उद्देश्य लिएको छ।
गीतमा चन्द्र गजमेर, लाछी जग गजमेर, बसन्त विश्वकर्मा, सीता गजमेर, निरञ्जन श्रेष्ठ र प्रमिला श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन विशाल घिमिरेले गरेका हुन् भने छायांकन अजय रेज्मी र सम्पादन नविन घर्ती मगरले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेनमेन्टले गरेको हो।
गीतको प्रस्तुति खड्का कुमार गजमेरले गरेका हुन् भने विशेष धन्यवाद गजमेर परिवार र शंकर परिवारलाई दिइएको छ।
समानता, समावेशिता र मानवताको पक्षमा स्पष्ट रूपमा उभिएको यो गीत नेपाली संगीत क्षेत्रकै एउटा सशक्त सामाजिक सन्देशवाहक सिर्जना बन्ने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
