लोकसारथि संवाददाता, काठमाडौं ।
अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको भावनात्मक फिल्म ‘रंगी’ अब बेलायतको राजधानी लण्डनमा प्रदर्शन हुने भएको छ। बैशाख २६ गते (मे ९) बाट लण्डनका २७ वटा हलहरूमा फिल्म प्रदर्शन गरिने जानकारी प्राप्त भएको छ।
फिल्म लण्डनमा महारानी प्रोडक्सनका वितरक विक्रम जोशीको व्यवस्थापनमा प्रदर्शन हुन लागेको हो। वितरक जोशीका अनुसार फिल्मले लण्डनमा प्रदर्शनका लागि पिजी (Parental Guidance) सर्टिफिकेटसहित सेन्सर पास भइसकेको छ।
यसअघि फागुन २ गते भ्यालेन्टाइन डेको अवसरमा नेपालमा प्रदर्शन गरिएको फिल्म ‘रंगी’लाई गत महिना अष्ट्रेलियाको विभिन्न सहरहरूमा पनि प्रदर्शन गरिएको थियो। अझै केही अन्य देशहरूमा समेत फिल्म प्रदर्शनको तयारी भइरहेको जनाइएको छ।
बाबु-छोरीबीचको भावनात्मक सम्बन्धमा आधारित फिल्ममा सलोन बस्नेतले एकल बाबुको भूमिकामा अभिनय गरेका छन्। फिल्ममा नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सुरेश न्यौपानेको निर्देशनमा तयार भएको यस फिल्मका निर्माता सक्षम सुवेदी, करिश्मा केसी (बस्नेत) र अनिश गौतम हुन्। फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, साथै कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहेको छ।
फिल्ममा समावेश ‘तिमीले रेट्यौ मनको तार’ बोलको गीत हालसम्म पनि दर्शकको रोजाइमा पर्न सफल भएको छ।
‘रंगी’ ले नेपाली प्रवासी दर्शकहरूमाझ पनि भावनात्मक सम्बन्ध र सामाजिक सन्देशमार्फत गहिरो छाप छोड्ने अपेक्षा गरिएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
