लोकसारथि, संवाददाता ।
भारत र पाकिस्तानबीचको तनाव अहिले पनि जारी छ। यस्तै बेला बलिउडले भारत–पाकिस्तान सम्बन्ध र युद्धमा आधारित धेरै अविस्मरणीय फिल्महरू निर्माण गरिसकेको छ। ‘उरी: द सर्जिकल स्ट्राइक’, ‘सैम बहादुर’, ‘लक्ष्य’ र ‘शेरशाह’ जस्ता चलचित्रहरू आज पनि दर्शकको मनमा गहिरो प्रभाव छोडिरहेका छन्। तर के तपाईंलाई थाहा छ? एउटा यस्ताे युद्ध फिल्म पनि बनाइएको थियो, जुन केवल साँचो घटनामा आधारित मात्र होइन, असली हतियार, वास्तविक स्थान र सशस्त्र फौजकै जवानहरूसँग खिचिएको थियो।
हामी कुरा गर्दैछौं सन् १९९७ मा रिलिज भएको जेपी दत्ताको फिल्म ‘बोर्डर’ को। यो फिल्म १९७१ को भारत–पाकिस्तानबीचको लोन्गेवाला युद्धमा आधारित थियो। फिल्म त्यहीँ छायांकन गरिएको थियो, जहाँ असल युद्ध लडिएको थियो। फिल्ममा प्रयोग गरिएका ट्याङ्क, बन्दुक र गोला–बारुद सबै वास्तविक थिए। मात्र कलाकारहरू होइन, पछाडिको दृश्यमा देखिने धेरैजसो सैनिकहरू पनि भारतीय सेनाका असली जवान नै थिए।
पुराना यादहरूलाई पर्दामा उतारियो
त्यो समयमा यो फिल्म बनाउनका लागि करिब १० करोड भारु लागत लागेको थियो, जुन आजको मापन अनुसार निकै ठूलो रकम मानिन्छ। निर्देशक जेपी दत्ताले यो फिल्म आफ्ना दाजुलाई समर्पण गरेका थिए, जो भारतीय वायुसेनामा पाइलट थिए। तर सन् १९८७ मा MIG फाइटर जेट उडाउँदै गर्दा उनी शहीद भएका थिए।
दत्ताले आफ्ना दाजुका डायरीहरू पढेर नै फिल्मको पूरै कथा तयार गरेका थिए र ती स्मृतिहरूलाई ठूला पर्दामा प्रस्तुत गरेका थिए।
फिल्ममा यी कलाकारहरूको अभिनय थियो
‘बोर्डर’मा सनी देओल, सुनील शेट्टी, ज्याकी श्राफ र अक्षय खन्नाजस्ता कलाकारहरूले दमदार अभिनय गरेका थिए। तर, रोचक कुरा के थियो भने — सुरुमा यो फिल्मका लागि सलमान खान, आमिर खान, अजय देवगन, अक्षय कुमार र सैफ अली खान जस्ता सुपरस्टारहरूलाई प्रस्ताव गरिएको थियो। तर सबैले कुनै न कुनै कारणले फिल्म गर्न अस्वीकार गरे। पछि सुनील शेट्टीलाई दोस्रो पटक प्रस्ताव दिइएपछि उनले फिल्म स्वीकार गरेका थिए।
आज पनि देशभक्तिको प्रतीक
‘बोर्डर’ फिल्म न केवल ब्लकबस्टर बन्यो, यसलाई भारतको सबैभन्दा प्रामाणिक युद्ध फिल्म मध्ये एक मानिन्छ। यो फिल्मले आज पनि देशभक्ति र बलिदानको भावनालाई जीवित राख्ने कार्य गर्छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
