logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय : बुद्ध बन्ने यात्रा सबैको हो

सम्पादकीय : बुद्ध बन्ने यात्रा सबैको हो


  • सोमबार, बैशाख २९ २०८२
  • 2.2K
    SHARES

    आज वैशाख शुक्ल पूर्णिमा, अर्थात् बुद्ध जयन्ती। २५६९ वर्षअघि यिनै दिन सिद्धार्थ गौतमको जन्म, ज्ञानप्राप्ति (बोधि) महापरिनिर्वाण भएको मानिन्छ। लुम्बिनीको पावन भूमि नेपालमा जन्मिएर सम्पूर्ण मानव सभ्यतालाई शान्ति, करुणा आत्मबोधको प्रकाशले आलोकित गर्ने महामानव बुद्धका जीवन सन्देश आज विश्वभर स्मरण गरिन्छ। तथापि, प्रश्न उठ्छ—के आजको मानव समाजले बुद्धलाई जीवनमा अवतरण गर्न सकेको छ?

    बुद्धको युगमा पनि छलकपट थियो, आज झन् तीव्र

    बुद्धको युगमा पनि समाज असत्य, अन्याय, अन्धविश्वास, हिंसा पाखण्डले भरिएको थियो। वेश्यादेखि हत्यारा अंगुलिमालसम्म बुद्धको सान्निध्यले रूपान्तरण भएका छन्। तर यिनै बुद्धले आफ्नै परिवार, दरबार, सन्तान, सम्पत्ति सुख–सुविधा त्यागेर आत्मबोधको यात्रामा निस्कनुपर्ने आवश्यकता किन महसुस गरे? किनभने समाजमा दुःख, मोह, लालसा भ्रमले मानिसलाई सताइरहेको थियो। आज पनि त्यो अवस्थाको पुनरावृत्ति मानिसले आत्मबोधको मार्गलाई बिर्सेर भोगबिलासको संसारमा रमाउन थालेका कारण हो।

    श्रीराम श्रीकृष्णको युग पनि अपवाद थिएन

    हामी श्रीरामको युग सम्झन्छौं, जहाँ रावणजस्ता राक्षसहरूले अत्याचारको सीमा नाघेका थिए। श्रीकृष्णको युगमा पनि कंस, जरासन्ध, दुर्योधनजस्ता उद्दण्ड प्रवृत्तिहरू हाबी थिए। स्वयं भगवानले अवतार लिनुपरेको थियो, तथापि उनीहरूको उपस्थिति सिङ्गो समाजमा परिवर्तन ल्याउन पर्याप्त देखिएन। किन?

    उत्तर छ—”चयन निर्णय”को स्वतन्त्रता।

    जीवन एक कर्मभूमि हो, जहाँ चयनमा स्वतन्त्रता, फलमा दायित्व

    नासतो विद्यते भावो नाभावो विद्यते सतः ।” (गीता २।१६)

    श्रीमद्भगवद्गीतामा श्रीकृष्णले स्पष्ट रूपमा भनेका छन्—जीवात्मालाई कार्य गर्न स्वतन्त्रता छ, तर त्यसको फलको उत्तरदायित्व पनि उसैले लिनुपर्छ। जसरी बाँसको रुखमा फुल फल लाग्दैन, त्यस्तै पवित्र गुरू, महापुरुष वा परमात्माको सान्निध्यमा रहेर पनि यदि व्यक्ति स्वयं परिवर्तन चाहँदैन भने उसमा सुधार सम्भव हुँदैन।

    सबै धर्म, सम्प्रदायको सार तत्त्वज्ञानमा

    कोही अल्ला भन्छन्, कोही परमात्मा, कोही ओम, कोही येशु, कोही वाहेगुरु—तर तत्त्व एउटै हो। भिन्नता नाम परम्परामा छ, तत्त्वमा होइन। तत्त्वज्ञान नभएकै कारण आज मानवजाति धर्मलाई भेदभाव, आडम्बर विवादको विषय बनाएको छ। वास्तवमा तत्त्वज्ञानले आत्मा परमात्माबीचको अद्वैत सम्बन्ध बुझाउँछ—आत्मा ब्रह्म हो, आत्मा नै अंश हो उसै परम ब्रह्मको।

    व्रत, पूजा, धर्मकर्म– सबै व्यापार जस्ता देखिन थालेका छन्

    आज तीज, शिवरात्रि, रामनवमी, एकादशी, नवदुर्गा जस्ता पवित्र पर्वहरू केवल शरीरका लागि उपवास वा पूजाको माध्यम बनेका छन्, आत्माको शुद्धिकरण चिन्तनको निरन्तर अभ्यास होइन। मानिस भाकल गर्छ—“हे माता, मेरो मनोकामना पूरा भए लड्डू चढाउँछु, बोका बलि दिन्छु।” के यो भगवानसँगको सौदा होइन? कोटि कोटि ब्रह्माण्डको सृष्टिकर्तालाई केही बस्तु देखाएर प्रसन्न बनाउने प्रयास गर्नु मूढताबाहेक अरू के हो?

    बुद्ध जयन्ती केवल भाषण दिने वा फूल चढाउने पर्व होइन

    बुद्ध जयन्तीमा श्रद्धाञ्जली दिनु, मन्दिर सिँगार्नु, बत्ती बाल्नु, फूल अर्पण गर्नु पवित्र कार्य अवश्य हो, तर त्यो भन्दा महत्वपूर्ण कार्य हो—बुद्धको सन्देश आत्मसात् गर्नु।

    बुद्धले भने—संसारमा कुनै कुराको आशा गर्नु नै दुःखको कारण हो।”
    यस सन्देशमा नै समाहित सम्पूर्ण तत्त्वज्ञान। आशक्तिहरू, इच्छाहरू, मोह, द्वेष, स्पर्धा, भोग—यिनैले मानिसलाई सताउँछन्। बुद्धको मार्ग मोक्षको बाटो हो, जसले तृष्णा क्षय गर्छ, मोह हटाउँछ चेतनाको ज्योति जगाउँछ। जो व्यक्ति स्वयं अरू कुनै न कुनै वस्तु, स्थान वा व्यक्तिको आशामा बाँचेको छ, उसबाट आश राख्नु व्यर्थ हो। मानिस त भोक, प्यास, पिसाब, दिसा जस्ता आधारभूत कुरा पनि नियन्त्रण गर्न असमर्थ छ—उसले अरूको आशा कसरी पूरा गर्न सक्छ?
    आशा राख्नु छ भने पूर्ण, सर्वशक्तिमान, सबैका स्वामी परमात्मासँग राख—श्रीकृष्णसँग राख। 

    मानिस प्रायः अरू व्यक्तिबाट केही पाउने आशामा बाँच्छ—कसैले पैसा दिनेछ, कसैले प्रेम गर्नेछ, कसैले सम्मान दिनेछ भन्ने भरोसामा। तर सोच्नुस्—जो व्यक्ति स्वयं नै आफूभन्दा बाह्य वस्तु, स्थान सम्बन्धहरूमाथि निर्भर छ, जो आफ्नो भोक, प्यास, पिसाब, दिसा जस्ता सामान्य जैविक प्रक्रिया पनि नियन्त्रण गर्न सक्दैन, उसले कसैको आशा पूर्ण गर्ने ग्यारेन्टी कसरी दिन सक्छ?

    हामीले आशा राख्नुपर्छ त्यहाँ, जहाँ पूर्णता छ—परमात्मा श्रीकृष्णमा। उहॉं पूर्ण छन्, अखण्ड छन्, स्वतन्त्र छन्। उहाँ कसैको अपेक्षामा बाँच्नुहुन्छ, कसैको नियन्त्रणमा हुनुहुन्छ।
    सृष्टिका रचयिता, पालनकर्ता संहारकर्ता हुनाले उहाँमाथिको आशा कहिल्यै व्यर्थ जाँदैन

    जो स्वयं पूर्ण छन्, केवल तिनैसँग राखिएको आशा साँचो हो—बाँकी सबै आशाहरू भ्रम निराशाको द्वार मात्र हुन्।

    जीवनको उद्देश्य: आत्मज्ञान परमात्मासँगको एकता

    संसारिक भोगहरूले सधैँलाई सन्तुष्टि दिँदैन। धन, मान, यौन, भोग–यी सबै क्षणिक सुखका श्रोत हुन्, तर अन्ततः व्यक्ति पीडा, असन्तोष रिक्तताको अनुभूति गर्छ। जब मन परमात्माको चिन्तनमा लीन हुन्छ, तभी जीवनमा स्थायी आनन्द अर्थात् परमानन्द प्राप्त हुन्छ।

    योगः कर्मसु कौशलम्” — कर्मनै योग हो।
    जीवनमा प्रत्येक कार्य परमात्मालाई अर्पण गरेर, निष्काम भावले गर्दा त्यो कर्म साधना बन्छ, पूजा बन्छ।

    निष्कर्ष: बुद्ध बन्ने यात्रा सबैको हो

    बुद्धले आफ्ना पाँच इन्द्रियलाई शुद्ध बनाए, मन बुद्धिलाई नियन्त्रणमा राखे, संसारका दुःखको कारण बुझेर समाधान दिए—आठ मार्ग, चार आर्य सत्य मध्य मार्ग। आजको मानव समाजले पनि यही मार्ग अँगाल्न जरुरी छ।

    बुद्ध जयन्तीमा फूल चढाउनुहोस्, दीप बाल्नुहोस्, तर त्यो फूल तपाईंको अहंकारको पतनको होस्, त्यो दीप तपाईंको अन्तर चेतनाको होस्।

    स्मरणीय सन्देश:

    1. आत्मा अमर छ, शरीर नाशवान

    2. सत्य, शान्ति, अहिंसा, करुणा नै बुद्धत्वको सार हो

    3, चयन तपाईँको हो, तर परिणामको दायित्वबाट भाग्न सकिंदैन

    4. ईश्वर सबै ठाउँमा छन्, तर उनीसँगको सम्बन्ध जागृत हुनु जरुरी

    5. जीवनको अन्तिम लक्ष्य परमात्मासँग एकाकार हुनु वा परमानन्दमा प्रवेश गर्नु हो

    आजको दिन, बुद्ध जयन्ती, केवल स्मरणको होइन—स्वरूपमा परिवर्तनको दिन हो।

    आउनुहोस्, हामी सबै आफ्ना मन–बुद्धि कर्ममा सुधार ल्याएर बुद्धत्वको यात्रामा एक पाइलो अघि बढाऔँ।

    अप्प दीपो भव” — आफ्नो प्रकाश स्वयं बन

    जय राधाकृष्ण !!!

    प्रकाशित : सोमबार, २९ बैशाख २०८२ , ०२:४९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend