लोकसारथि संवाददाता, काठमाडौं ।
चर्चित बलिउड नृत्यांगना तथा अभिनेत्री नोरा फतेहीले शनिबार साँझ काठमाडौंको बौद्धस्थित हायात मैदानमा भव्य प्रस्तुति दिएकी छन्। ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक च्यारिटी कार्यक्रममा उनले आफ्ना सुपरहिट बलिउड गीतहरूमा कोरस टोलीसहित धमाकेदार नृत्य प्रस्तुति दिँदा दर्शक रोमाञ्चित बने।
कार्यक्रम स्थलमा हजारौं दर्शकको उपस्थिति देखिन्थ्यो। फतेहीले ‘स्नेक’, ‘दिलबर’, ‘कमरिया’, ‘ओ साकी साकी’ जस्ता हिट गीतमा नृत्य गरेकी थिइन्। कार्यक्रमको उद्देश्य शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ह्युमन रेस्पेक्ट नेपाललाई सहयोग गर्नु रहेको आयोजकले जनाएका छन्।
नोरा शनिबार बिहान दुई बजे काठमाडौं आइपुगेकी हुन् र आइतबार फिर्ता हुने कार्यक्रम तय गरिएको छ। कार्यक्रमको आयोजना वल्र्डवाइ फिल्म्सले गरेको हो।
कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा लगायत ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ गायक–गायिका प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र इन्द्रकला राईले पनि आकर्षक प्रस्तुति दिएका थिए।
नोरा फतेही को हुन्?
नोरा फतेही एक क्यानाडियन मूलकी भारतीय चलचित्र अभिनेत्री, मोडल र नृत्याङ्गना हुन्।
-
उनी सन् २०१४ मा बलिउड फिल्म ‘Roar: Tigers of the Sundarbans’ मार्फत अभिनयमा प्रवेश गरेकी हुन्।
-
उनलाई विशेषगरी आइटम डान्सका लागि चिनिन्छ, जहाँ उनले ‘Dilbar’ (Satyameva Jayate), ‘Kamariya’ (Stree), ‘O Saki Saki’ (Batla House), र ‘Garmi’ (Street Dancer 3D) जस्ता सुपरहिट गीतहरूमा अभिनय गरेकी छन्।
-
नोरा विभिन्न भाषाका फिल्महरू जस्तै हिन्दी, तेलुगु, मलयालम र तमिल फिल्महरूमा पनि काम गरिसकेकी छन्।
-
उनी ‘Bigg Boss Season 9’ मा सहभागी भइसकेकी छन् र India’s Best Dancer, Jhalak Dikhhla Jaa, Dance Deewane Juniors जस्ता शोमा निर्णायकको भूमिका समेत निभाइसकेकी छन्।
-
फतेही उत्कृष्ट नृत्यकला, ग्ल्यामरस उपस्थित र सामाजिक सेवामा संलग्नताका कारण युवा पुस्तामा अत्यन्त लोकप्रिय छिन्।
नोरा फतेहीको काठमाडौं आगमन र प्रस्तुति नेपाली दर्शकमाझ बलिउड स्टारलाई प्रत्यक्ष रूपमा देख्ने सुनौलो अवसर बनेको छ। यो कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय कलाकारहरूको कार्यक्रमको सम्भावनालाई पनि उजागर गरेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
