logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

रवि र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु

रवि र छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु


  • मंगलबार, जेष्ठ ६ २०८२
  • 910
    SHARES

     
    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ अगाडि बढाइएको हो।

    यसअघि सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिए पनि मुद्दामा सरोकारवालाका वकिलहरू इजलाससँग सम्बद्ध भएपछि सुनुवाइ स्थगित गरिएको थियो। लामिछानेको तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीशसँग पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयका नातेदार परेपछि उनीहरूद्वारा हेर्न नमिल्ने भन्दै इजलास परिवर्तन गरिएको हो।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सो आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका हुन्।

    यसैबीच, सोही सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वडीआईजी छविलाल जोशीविरुद्धको मुद्दा पनि न्यायाधीश सुवेदी ढकालको इजलासमै सुनुवाइ हुँदैछ। सहकारी घोटालामा संलग्न भएको अभियोगमा जोशीविरुद्ध मुद्दा अघि बढाइएको हो।

    सुनुवाइका क्रममा सर्वोच्च अदालतले दुवै मुद्दामा प्रारम्भिक बहस सुनेको भने विस्तृत सुनुवाइका लागि मिति तोकिने अनुमान गरिएको छ।

    प्रकाशित : मंगलबार, ६ जेष्ठ २०८२ , ०१:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend