logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर नियुक्ति आजै हुने सम्भावना

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान, गभर्नर नियुक्ति आजै हुने सम्भावना


  • मंगलबार, जेष्ठ ६ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बजे मन्त्रिपरिषद्को बैठक बालुवाटारमा आह्वान गरेका छन्। बैठकको तयारी कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि गरिएको हो। प्रधानमन्त्री ओली सभापति देउवाबीच आज बिहान उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रमेश लेखकको उपस्थितिमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी बजेट समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतको दाबी छ।

    यसअघि पनि सोमबार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको थियो तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक नभएकाले बैठक स्थगित गरिएको थियो। आजको बैठकमा सरकारका नियमित कार्यसूचीबाहेक केही महत्वपूर्ण निर्णयहरू हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तीमध्ये केही नियुक्ति बढुवासमेत परेका छन्।

    विशेष गरी बैठकमा नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा आजै नियुक्ति हुन सक्ने आँकलन गरिएको छ। गत चैत २४ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ, जसका कारण अर्थतन्त्रको नीति निर्माणमा ढिलाइ भइरहेको टिप्पणीहरू भइरहेका छन्।

    गभर्नर नियुक्तिलाई लिएर सत्ता गठबन्धनभित्र असहजता देखिएको चर्चा भइरहे पनि प्रधानमन्त्री ओली सभापति देउवाबीच लगातार संवाद भइरहेकाले चाँडै सहमति हुने अपेक्षा गरिएको छ। देउवाले प्रधानमन्त्रीको कारणले नभई राष्ट्र बैंकभित्रको प्रक्रिया समस्याले ढिलाइ भएको बताएका छन्। साथै, ओलीले कांग्रेसलाई नै गभर्नर चयनको जिम्मा दिएको देउवाको दाबी छ।

    आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक तथा आर्थिक सन्तुलन कायम गर्नका लागि महत्वपूर्ण निर्णय गर्न सक्ने विश्लेषकहरू बताउँछन्।

    प्रकाशित : मंगलबार, ६ जेष्ठ २०८२ , ०२:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend