logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

‘कौन बनेगा करोड़पति’ छोड्दै अमिताभ बच्चन? सिजन १७ को होस्ट सलमान खान बन्ने चर्चा

‘कौन बनेगा करोड़पति’ छोड्दै अमिताभ बच्चन? सिजन १७ को होस्ट सलमान खान बन्ने चर्चा


  • शुक्रबार, जेष्ठ ९ २०८२
  • 858
    SHARES

    – लोकसारथि संवाददाता, मुम्बई ।

    टेलिभिजनको चर्चित क्विज शो ‘कौन बनेगा करोड़पति’ (केबीसी) सिजन १७ मा अब अमिताभ बच्चन नदेखिन सक्ने चर्चा यतिबेला बलिउड गल्लीमा निकै तातेको छ। लामो समयदेखि यो शोको होस्ट रहँदै आएका अभिनेता बच्चनले सिजन १७ को प्रोमो सूट गरेपछि कार्यक्रम छोड्ने निर्णय लिएको दाबी एक मिडिया रिपोर्टले गरेको छ। रिपोर्ट अनुसार अब केबीसीको सिजन १७ मा बलिउडका अर्का सुपरस्टार सलमान खानले होस्ट गर्ने सम्भावना देखिएको छ।

    सलमान खान बन्ने सम्भावित होस्ट
    बोलिवुड हंगामा वेबसाइटले स्रोत उद्धृत गर्दै भनेको छ, “सलमान खान टेलिभिजनका बादशाह हुन्। साना शहरका दर्शकहरूसँग उनको गहिरो सम्बन्ध रहेकोले उनी अमिताभ बच्चनको स्थान लिन उपयुक्त व्यक्ति मानिन्छन्।” उल्लेखनीय छ कि यसअघि सन् २००७ मा शाहरुख खानले केबीसी सिजन ३ को होस्टिंग गरेपनि शोले त्यति राम्रो प्रदर्शन गर्न सकेको थिएन।

    व्यक्तिगत कारणले शो छोड्दै बच्चन?
    रिपोर्टका अनुसार, अमिताभ बच्चनले व्यक्तिगत कारणले केबीसी शोबाट अलग हुन सक्ने सम्भावना छ। सोनी टिभीले शोलाई निरन्तरता दिने योजना अन्तर्गत सलमान खानलाई आधिकारिक रूपमा प्रस्ताव गरिसकेको उल्लेख गरिएको छ। यदि सबै कुरा ठीकठाक भएमा, सलमान खान अब भारतकै सबैभन्दा लोकप्रिय क्विज शो होस्ट गर्ने तयारीमा छन्।

    पहिलेदेखि क्विज शोमा अनुभव भइसकेका छन् सलमान
    सलमान खान क्विज शो होस्ट गर्ने मामिलामा नयाँ होइनन्। सन् २००८ तिर उनले ‘दस का दम’ नामक टेलिभिजन शो सञ्चालन गरेका थिए। सुरुआतमा शोले राम्रो प्रतिक्रिया पाए पनि पछि गएर त्यो शो फ्लप साबित भएको थियो। तर सलमानको लोकप्रियता भने सधैं जस्तै टप लिस्टमै रहेको छ।

    के अब अमिताभ बच्चन बिना केबीसी चल्छ?
    अमिताभ बच्चनको आवाज, शैली र व्यक्तित्वसँग जोडिएको केबीसी अब उनी बिना कस्तो देखिनेछ भन्ने प्रश्न उठिरहेको छ। यद्यपि, सलमान खानको स्टार पावर र जनप्रियता हेर्दा शोले नयाँ मोड लिन सक्ने संकेत देखिएको छ।

    हालसम्म सोनी टिभी वा बच्चन परिवारबाट यस विषयमा आधिकारिक पुष्टि नभए पनि, केबीसी सिजन १७ को होस्ट परिवर्तन सम्भावनाले दर्शकहरूमा कौतुहलता थपिदिएको छ।

    प्रकाशित : शुक्रबार, ९ जेष्ठ २०८२ , ०७:५५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend