logo

सोमबार, ११ साउन २०८३

सोमबार, साउन ११ २०८३

महिलाको नाममा उद्योग, कम्पनी तथा फर्म दर्ता अब निःशुल्क

महिलाको नाममा उद्योग, कम्पनी तथा फर्म दर्ता अब निःशुल्क


  • बिहिबार, जेष्ठ १५ २०८२
  • 1.2K
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    अबदेखि महिलाले उद्योग, कम्पनी तथा फर्म स्थापना गर्दा कुनै पनि दर्ता वा नवीकरण शुल्क तिर्नु नपर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो ऐतिहासिक निर्णयको घोषणा गरेका हुन्।

    उनले भने, “महिलाको नाममा उद्योग, व्यवसाय, कम्पनी दर्ता वा नवीकरण गर्दा अब शुल्क नलाग्नेछ।” यस कदमले महिलालाई स्वरोजगार र उद्यमशीलतामा अघि बढ्न सहज बनाउने विश्वास गरिएको छ।

    अर्थमन्त्री पौडेलले गृहिणी महिलाका श्रम र सीपलाई साना तथा घरेलु उद्योगसँग जोड्दै क्षमता विकासका कार्यक्रमहरू पनि सञ्चालन गरिने जानकारी दिए। यसबाट घरेलु उद्योग प्रवर्द्धनसँगै महिलाको आर्थिक सशक्तीकरणमा टेवा पुग्ने अनुमान गरिएको छ।

    सरकारको यो निर्णयलाई महिला उद्यमी तथा अधिकारकर्मीहरूले स्वागत गरेका छन्। उनीहरूले यो नीतिले महिलालाई स्वरोजगार, आत्मनिर्भरता र आर्थिक सहभागिताको दिशामा महत्वपूर्ण प्रोत्साहन दिने उल्लेख गरेका छन्।

    सरकारको बजेटमा समावेश यो कार्यक्रम सामाजिक न्याय, लैङ्गिक समानतासमावेशी आर्थिक विकासतर्फको एक महत्वपूर्ण पाइला मानिएको छ।

    प्रकाशित : बिहिबार, १५ जेष्ठ २०८२ , ०५:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend