logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

राजसंस्था पुनःस्थापनाका पक्षमा राप्रपाको प्रदर्शन, लिङ्देनको चेतावनी : “जनयुद्धको भ्रमबाट मुक्त होऊन् प्रचण्ड”

राजसंस्था पुनःस्थापनाका पक्षमा राप्रपाको प्रदर्शन, लिङ्देनको चेतावनी : “जनयुद्धको भ्रमबाट मुक्त होऊन् प्रचण्ड”


  • मंगलबार, जेष्ठ २० २०८२
  • 689
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिद्वारा आयोजित प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनयुद्धको भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्।

    मंगलबार काठमाडौंको सिफलमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै लिङ्देनले “अबको समय जनयुद्धको होइन” भन्दै प्रचण्डमाथि तीव्र आलोचना गरे। उनले हिजोकै शैलीमा जनतालाई तर्साएर नियन्त्रणमा राख्न सकिन्छ भन्ने सोच अब काम नगर्ने स्पष्ट पारे। लिङ्देनले भने, “यो आन्दोलन कुनै पार्टी वा व्यक्तिविरुद्ध होइन, गणतन्त्रको नाममा चलिरहेको लुटतन्त्रविरुद्ध हो।”

    उनले आन्दोलनप्रति रोक लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै भने, “संविधानले दिएको अधिकारमाथि अंकुश लगाउनु असंवैधानिक छ। निषेधाज्ञा फिर्ता लिनुपर्छ।” उनका अनुसार आन्दोलनप्रति हुने कुनै पनि हस्तक्षेपलाई जनताले प्रतिकार गर्नेछन्।

    प्रशासनले सिफलचौर, कोटेश्वर आकाशेपुलदेखि दक्षिण बालकुमारी क्षेत्र, बल्खु लगायतका क्षेत्रमा मात्रै प्रदर्शन गर्न दिने गरी अन्य स्थानहरूलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ। यसै कारण मंगलवारको प्रदर्शन सिफलचौरमा केन्द्रित गरिएको हो।

    राप्रपाले नेतृत्व गरिरहेको आन्दोलनले पछिल्लो समय राजसंस्था र हिन्दू राष्ट्रको बहसलाई पुनः चर्काइरहेको छ। अध्यक्ष लिङ्देनले भने, “अब लुटतन्त्र अन्त्य गरेर देशमा स्थायित्व, धर्म-संस्कृति र राष्ट्रिय एकताको पुनर्स्थापना गर्नुपर्छ।”

    उनको यो चेतावनीले देशको वर्तमान राजनीतिक धारासँग असन्तुष्ट मतदाताहरूलाई थप उर्जावान बनाउने देखिएको छ।

    प्रकाशित : मंगलबार, २० जेष्ठ २०८२ , ०६:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend