logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

गुरु ग्रह अस्त, शुभ कार्यमा रोक: आज साँझ ५:०७ बाट सुरु, आषाढ २० मा उदय

गुरु ग्रह अस्त, शुभ कार्यमा रोक: आज साँझ ५:०७ बाट सुरु, आषाढ २० मा उदय


  • बिहिबार, जेष्ठ २९ २०८२
  • 4.5K
    SHARES

    काठमाडौं — आज साँझ ५ बजेर ७ मिनेटबाट गुरु बृहस्पति ग्रह अस्त भएका छन्। वैदिक ज्योतिषीय परम्पराअनुसार गुरु अस्तको समयलाई शुभ तथा मांगलिक कार्यहरूको लागि प्रतिकूल मानिन्छ। त्यसैले यस अवधिमा विवाह, ब्रतबन्ध, गृहप्रवेश, नयाँ व्यवसायको थालनी, शिक्षाको शुभारम्भ, दीर्घ तीर्थयात्रा जस्ता कार्यहरू नगर्न सल्लाह दिइन्छ।

    शास्त्रहरू अनुसार गुरु बृहस्पति ग्रह धर्म, ज्ञान, शिक्षादान तथा शुभ कार्यहरूका कारक मानिन्छन्। जब बृहस्पति अस्त हुन्छन्, तब तिनको शुभ प्रभाव कमजोर हुने विश्वास गरिन्छ। फलस्वरूप, यो समय अवधि धार्मिक र सामाजिक दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।

    नियमित पूजाआजा भने रोकिँदैन

    यद्यपि, यस अवधिमा नित्यकर्महरू — जस्तै पूजा, जप, ध्यान, दान, पाठ तथा धर्मपाठ — यथावत् रूपमा गर्न सकिनेछ। यस्ता साधनात्मक कार्यहरू गुरु अस्त भए पनि निषिद्ध हुँदैनन्।

    ज्योतिष गणनाअनुसार गुरु आज पश्चिम दिशामा अस्त भएर आगामी आषाढ २० गते बिहान ६ बजेर ५३ मिनेटमा पूर्व दिशाबाट उदय हुनेछन्। त्यसपछि मात्र पुनः शुभ कार्यहरूका लागि पूर्ण शास्त्रीय अनुकूलता प्राप्त हुनेछ।

    यसबीचमा कुनै व्यक्ति वा परिवारले विशेष कार्यको योजना बनाएका छन् भने व्यक्तिगत ग्रह दशा र उपयुक्त मुहूर्त हेरी, अनुभवी पण्डित वा ज्योतिषीसँग परामर्श लिनु उपयुक्त हुने विज्ञहरूको सुझाव छ।

    प्रकाशित : बिहिबार, २९ जेष्ठ २०८२ , ०८:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend