लोकसारथि संवाददाता, काठमाडौं ।
सत्यको खोज आत्मज्ञानमार्फत आरम्भ हुन्छ। आत्मज्ञानको मूल चुरो भनेकै ‘जीव को हो?’ भन्ने प्रश्न हो। यिनै गहन प्रश्नहरूका उत्तर पस्कँदै, हामीले प्रस्तुत गरेका छौं—एक दुर्लभ र दार्शनिक विश्लेषणात्मक आलेख—‘जीव भगवानको कस्तो अंश हो?’
श्रीमद्भगवद्गीता, वेद, उपनिषद् र पुराणहरूमा आधारित यस गहिरो विमर्शले जीव र परमेश्वरबीचको नाताको स्वरूप के हो भन्ने विषयलाई सूक्ष्म रूपमा व्याख्या गर्छ। खास गरी श्रीमद्भगवद्गीता १५.७ (ममैवांशो जीव लोके….) बाट सुरु भएको चर्चा—मध्वाचार्य, वेदव्यास र वैदिक श्रुति(स्मृतिहरूको आलोकमा—सैद्धान्तिक स्पष्टताको उच्चतम तहमा पुगी व्याख्या गरिएको छ।
हाम्रा समाजमा बारम्बार जीव र भगवानलाई एकै ठान्ने भ्रमपूर्ण तर्कहरू चलिरहँदा, यस्तो शास्त्रसम्मत विवेचनले सचेत युवापुस्तालाई वैदिक दृष्टिबाट उचित आत्मबोध गराउने प्रयास गर्दछ।
यस आलेखले जीवका दुई रूप — ’स्वांश‘ र ‘विभिन्नांश’— को सूक्ष्म भेद, प्रतिबिम्बको दृष्टान्त, र शक्तिको अनुपातमार्फत जीवको मर्यादा र सीमालाई स्पष्ट रूपमा वर्णन गर्दछ।
आजको भौतिकतावादी युगमा आत्मा, परमात्मा र उनीहरूको सम्बन्धबारे प्रामाणिक र शास्त्रीय रूपमा चिन्तन गर्न चाहने सबै पाठकका लागि यो आलेख एक अमूल्य प्रकाशपुञ्ज बन्नेछ भन्ने विश्वास लिएका छौँ। जय राधेकृष्ण। -Editor of Chief
शंका
जीव भगवानको कस्तो अंश हो? के जीव र भगवानको साम्यता हुन सक्दछ?
समाधान :
भगवद्गिता मा भगवान श्रीकृष्णले ” ममैवांशो जिवलोके जिवभुत: सनातन: ” भनेर सम्पुर्ण जिव समुदायलाइ मेरा अंश हुन भनेर घोषणा गर्नुभयको छ। वेदहरुले पनि जिवलाइ भगवानकै अंश भनी बताउँदछन :-
अंशा एव हि इमे जिवा अंशि हि परमेश्वर:।
स्वयमंशैरिदं सर्वं कारयेत्यचलो हरि:।। ( गौपवन श्रुति)
अर्थात , यी सबै जिवहरु अंशि परमेश्वरका अंश हुन , उहाँ अचल हरिले नै अंशहरुबाट कार्य गराउनुहुन्छ”
अब प्रश्न आउँदछ कि मत्स्य , कुर्म , वराह इत्यादी अवतारहरु पनि त भगवानकै अंशहरु हुन , त्यसोभय के जीव रुपि अंशहरु र अवतार रुपि अंशहरु एकै हुन त? तब मध्वाचार्य जि ले उत्तर दिनुहुन्छ :
अंशत्वेऽपि न मत्स्यादिरुपी पर एवंविध: यथा तेजोंऽशस्यैव कालाग्ने: खद्द्योतस्य च नैकप्रकारता। यथा जलांशस्यामृतसमुद्रस्य मुत्रोदेश्छ यथा च पृथिव्यंशस्य ……….पेक्षयैतत। (ब्रह्मसुत्र भाष्य )
अर्थात , “अंश भयर पनि यी जीवहरु, मत्स्य कुर्म आदि भगवद्रुप समान छैनन। जसरी प्रलयकालिन अग्नि र जुनकिरिको प्रकाश दुवै तेजका अंश हुन , तर पनि दुवैमा समानता हुन सक्दैन । जसरी अमृत , समुद्र र मुत्र सबै जलका अंश भएता पनि समान हुन सक्दैनन , त्यसरी नै जीव रुपि अंश पनि भगवद अवतार रुपि अंश सँग समान हुनै सक्दैन।”
स्वांशश्चाथो विभिन्नांश इति द्वेधांश इष्यते।
अंशिनो यत्तु सामर्थ्यं यत्स्वरुपं यथा स्थिति।।
तदेव नाणुमात्रोऽपि भेद: स्वांशांशिनो: क्वचित।
विभिन्नांशोऽल्पशक्ती: स्यात किंचित सादृश्यमात्रयुक।। ( वाराह पुराण)
अर्थात , ” परम भगवान( श्रीकृष्ण )का स्वांश र विभिन्नांश गरि दुई प्रकारका अंशहरु हुने गर्दछ्न , अंशि( श्रीकृष्ण) मा जस्तो सामर्थ्य छ तेस्तै सामर्थ्य स्वांश ( मत्स्य , कुर्म , वराह इत्यादी अवतारहरु) मा पनि हुने गर्दछ, अंशि( श्रीकृष्ण) र स्वांश मा अणुमात्र पनि भेद हुँदैन , तर विभिन्नांश ( जिवहरु ) मा अल्पशक्ती हुने गर्दछ र अंशि संग किञ्चित मात्र सादृश्य हुने गर्दछ “
सोपाधिरनुपाधिश्च प्रतिबिम्बो द्विधेयते।
जीव इशस्याऽनुपाधिरिन्द्रचापो यथा रवे।। ( पैङ्गिरहस्योपनिषद)
अर्थात , ” जसरी आकाशमा देखिने इन्द्रधनुष सुर्यकै प्रतिबिम्ब स्वरुप हो , तर पनि इन्द्रधनुषलाई सुर्य भन्न सकिँदैन , त्यसरी नै जीव पनि भगवानको अनुपाधिक प्रतिबिम्ब हो।”
पुन: वेदब्यास जि भन्नुहुन्छ :-
प्रतिबिम्बांशका जिवा: प्रादुर्भावा: परे स्मृता:।
प्रतिबिम्बेष्वल्पसाम्यं स्वरुपाणितराणी तु।। ( वाराह पुराण)
अर्थात ” प्रतिबिम्बांश जिवहरु उनै भगवान हरि बाटै प्रकट भयका हुन, तर पनि उनी भगवान हरि संग यी जिवहरुको अत्यन्त अल्पमात्रामा साम्य छ”
पुन: वेदले निष्कर्ष दिँदै भन्दछ :
अपुर्णशक्तित्वाच्च जिवस्य न मत्स्यादिसाम्यम ( चतुर्वेद शिखा)
अर्थात , ” अपुर्ण शक्तिवाला जिवले मत्स्य , कुर्मादी भवद्स्वरुपहरुसंग समता गर्न सक्दैन” अस्तु !! हरे कृष्ण
हरिनाम अमृत दासको फेसबुकबाट जस्ताको तस्तै साभार