logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सम्पादकीय: संस्कृत श्लोक–शक्ति र सनातन धर्मका मूल्यहरू विज्ञानसम्मत

सम्पादकीय: संस्कृत श्लोक–शक्ति र सनातन धर्मका मूल्यहरू विज्ञानसम्मत


  • सोमबार, साउन १२ २०८२
  • 2.6K
    SHARES

    हालै सेन्टर अफ बायोमेडिकल साइन्सेस (India) को अनुसन्धानले एक गम्भीर यथार्थको पुष्टि गरेको छ — संस्कृत श्लोकहरू सुन्दा मानव मस्तिष्कका विविध भागहरू सकारात्मक ढंगले सक्रिय हुन्छन्। एमआरआई स्क्यानको सहायताबाट गरिएको यस अध्ययनले देखाएको छ कि गीता, रामायण तथा वैदिक मन्त्र सुन्दा दिमागको गहिरो तहहरू जागृत हुन्छन्, तनाव, डिप्रेशन, र एन्जाइटी (anxiety) को लक्षणहरू घट्न थाल्छन्। यसले सिद्ध गर्‍यो कि श्लोक केवल धार्मिक परम्पराको अङ्ग मात्र होइन, वैज्ञानिक दृष्टिले पनि मानव जीवनको उपचारात्मक साधन हुन्।

    विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार हाल विश्वमा करिब १०० करोड मानिसहरू मानसिक समस्याबाट ग्रसित छन्। तर विडम्बना के छ भने, जस संस्कृत श्लोकले मानसिक स्वास्थ्यमा प्रभाव पार्दछन्, तिनैलाई हाम्रो समाजका कतिपय शिक्षित वर्गले “अन्धविश्वास”को संज्ञा दिने गरेका छन्। यो एक गम्भीर सांस्कृतिक विघटन हो — जहाँ हाम्रो आफ्नै ज्ञान परम्पराप्रति अविश्वास, पश्चिमी औषधि र अस्पतालप्रति अन्धनिष्ठा हावी भइरहेको छ।

    श्रीमद्भगवद्गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई भनेका छन् –
    “श्रीभगवानुवाच – तमेव शरणं गच्छ सर्वभावेन भारत।
    तत्प्रसादात्परां शान्तिं स्थानं प्राप्स्यसि शाश्वतम्॥”
    (गीता १८.६२)
    अर्थ “हे अर्जुन, तिमी पूर्णरुपले उहाँको शरणमा जाऊ, उहाँको कृपाद्वारा तिमीले दिव्य शान्ति र परमशाश्वत धाम प्राप्त गर्नेर्छौ।”

    श्रीकृष्णले जीवनको अन्त्यमा स्पष्ट रूपमा भनेका छन् —
    “जबसम्म धर्मको पुनःस्थापना आवश्यक पर्दैन, म यो पृथ्वीमा पुनः अवतार लिनेछैन। मेरा स्थानमा ‘श्रीमद्भगवद्गीता’ नै यथेष्ट हुनेछ, जुन सम्पूर्ण मानवताका लागि मार्गदर्शक हुनेछ।”

    यस्तो अमृत वचनलाई बिर्सेर आज हामी भौतिकताको पछि दौडिरहेका छौं। स्वार्थ, भोग, कामवासना – यिनले मानिसलाई कहिल्यै सन्तुष्टि दिन सक्दैन। यदि मनुष्यले आफ्ना सबै वासनाहरू पूरा पनि गर्‍यो भने पनि शान्ति प्राप्त हुँदैन जसको असंख्य उदाहरण मानवसभ्यताको इतिहासमा दर्ज छन् र यिनै वासनाहरू अधुरो रहँदा त झन् मानिस इच्छापूर्तिको अभावमा थप मानसिक रोगका शिकार बन्छन्।

    आज अस्पतालहरूमा ओइरिएका मानिसहरूको लर्को देख्दा लाग्छ, मानव समाज गन्तव्य विना यात्रा गरिरहेको छ। त्यसमाथि झनै विस्मयको कुरा के छ भने मानसिक अस्पताल खोल्नका लागि मिहिनेत कसरत गर्नतिर अनेक संघसंस्थाहरु लागिपरेका छन् ।

    जसरी अमेरिका जानका लागि अमेरिकै पुग्ने विमानमा बस्नुपर्ने हुन्छ यूरोप जाने विमान चढेर पुग्न सकिँदैन, त्यसरी नै भगवद् प्राप्तिको लक्ष्य लिई जन्मिएको मानिसले भौतिकताको पछि लागेर आध्यात्मिक शान्ति प्राप्त गर्न सक्दैन, राधाकृष्णको शरण पर्नैपर्छ ।

    समाधान के हो?

    गीता, उपनिषद्, वेद र पुराणहरू को पुनरावृत्ति।
    राधा-कृष्णको नामस्मरण
    सात्विक जीवनशैली, अर्थात् शुद्ध भोजन, इन्द्रिय नियन्त्रण, साधना, सेवाभाव।
    सनातन संस्कृतिको वैज्ञानिक मूल्यबोधसहितको पुनर्जागरण।

    संस्कृत श्लोक र मन्त्रहरूमा कम्पनात्मक शक्ति (Vibrational Power) हुन्छ, जुन सिधा brainwave frequency लाई प्रभावित गर्छ। भारतको नेशनल ब्रेन रिसर्च सेन्टर (NBRC) का वैज्ञानिक डा. विजयलक्ष्मी रविन्द्रका अनुसार –

    “Regular chanting of Sanskrit verses creates a rhythmic neural firing pattern in the brain’s limbic system, which is responsible for emotion regulation and memory consolidation.” अर्थ “संस्कृत श्लोकहरूको नियमित जपले मस्तिष्कको लिम्बिक प्रणालीमा एक लयात्मक स्नायु संकेतन (neural firing) को ढाँचा सिर्जना गर्छ, जुन प्रणाली भावनात्मक नियन्त्रण र स्मृति सुदृढीकरणको लागि जिम्मेवार हुन्छ।”

    आज मानव समाजले सत्य खोज्न विदेशी दर्शनहरूमा समय खर्चिरहेको छ, जब कि गीता जस्ता ग्रन्थहरू हाम्रै आँगनमा छन्। अब समय आएको छ —भोगको होइन, योगको चयन गर्ने। वासनाको होइन, भक्ति र सेवा भावको जीवन बनाउने। योग आफैँमा आश्रयसूचक शब्द हो । जबसम्म हामीले आफूलाई देहस्वरुपमा स्थापित गर्छाैं तबसम्म भौतिकता नै प्रिय लाग्दछ र नाशवान संसारको आश्रयमा आस्था राख्दछौं तर जुन क्षण स्वयंलाई आत्मस्वरुपमा स्थापित गर्छाैं तत्क्षण हाम्रो एकमात्र आश्रय परमात्मा हुन् भन्ने परमज्ञानसँग हामी अवश्य जोडिन्छौंं ।

    यदि हामीले जीवनको दिशा बदल्न सकेनौं भने, संसार त पराइ देश हो – जहाँ शान्तिको अनुभूति कहिल्यै प्राप्त हुने छैन। दिशा बद्लिएन भने दशा परिवर्तन हुने त कुरै भएन ।

    अन्त्यमा
    राधा नाम भजन, गीता वाणीको अनुशरण र सात्विक जीवनको अभ्यास नै आजको विश्वमानवका लागि एक मात्र शान्तिको मूल सूत्र हो। हरि बोल । हरि शरणम् । जय राधाकृष्ण ।

    प्रकाशित : सोमबार, १२ साउन २०८२ , ०८:११ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend