logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा विशेष सम्बोधन गर्ने


  • शुक्रबार, भाद्र १३ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाको बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्। उनी भोलि (शनिबार) चीन भ्रमणमा प्रस्थान गर्न लागेकाले त्यससम्बन्धी जानकारी दिन उनले सदनलाई सम्बोधन गर्न लागेको संघीय संसद सचिवालयले जनाएको छ।

    सचिवालयका अनुसार बैठक दिउँसो १ बजेदेखि सुरु हुनेछ। आजको कार्यसूचीमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यक्रम रहेको छ।

    त्यस्तै, सभामुख देवराज घिमिरेले संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहनेछ।

    व्यवस्थापन कार्यअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि छलफल गर्ने र त्यसलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको सचिवालयले जनाएको छ।

    प्रकाशित : शुक्रबार, १३ भाद्र २०८२ , १०:३७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend