लोकसारथि संवाददाता, काठमाडौं ।
नेपाल सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएपनि मेटा (फेसबुकको मालिक कम्पनी) ले कुनै चासो नदेखाएपछि सरकार पर्ख र हेरको अवस्थामा पुगेको छ। सरकारले बुधबार रातिसम्मको अन्तिम समय दिएको भएपनि मेटाले नेपालमा दर्ता गर्ने प्रक्रिया अघि नबढाएपछि सरकारले अब के गर्ने भन्ने बिलखबन्दमा परेको हो।
सत्तारुढ एमालेका नेताहरुले भने सरकारले ढिलोछिटो फेसबुक बन्द गर्ने तयारी गरिरहेको संकेत गरेका छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय पारिने सम्भावना रहेको बताएका छन्।
रिमालले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “सम्भवत दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुँदैछन्।” उनका अनुसार सामाजिक सञ्जाल हाम्रो जीवनशैलीमै लत बनेको छ—प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले दैनिक स्टाटस लेखेर आफ्ना गतिविधि र भावनाहरु साटासाट गर्ने गरेका छन्।
उनले थप भनेका छन्, “केही अवाञ्छित तत्वका असामाजिक भूमिका र गैरजिम्मेवार व्यक्तिका कारण सम्मानित सर्वोच्च अदालतले नेपालभित्र सम्पर्क विन्दु (प्वाइन्ट अफ कन्ट्याक्ट), स्वनियमन तथा आवासीय गुनासो सुन्ने अधिकारी तोकी कम्पनी सूचिकृत नगरेसम्म रोक लगाउने आदेश दिएको छ।”
यसै सन्दर्भमा सरकारले दर्ता नगरेका सामाजिक सञ्जाललाई छिट्टै निष्क्रिय पार्न सक्ने प्रष्ट संकेत गरेको छ।
फेसबुक बन्द भए के हुन्छ ?
-
सकारात्मक असर
-
गलत सूचना, फेक खाता, साइबर अपराध र अनियन्त्रित अभिव्यक्ति केही हदसम्म कम हुन सक्छ।
-
राज्यको नियमनमा सामाजिक सञ्जाल आउने भएकाले प्रयोगकर्ताको सुरक्षामा सुधार आउने अपेक्षा गर्न सकिन्छ।
-
-
नकारात्मक असर
-
लाखौँ नेपालीले रोजगारी र व्यवसायको माध्यम बनाएको फेसबुक बन्द हुँदा प्रत्यक्ष असर पर्छ।
-
पत्रकारिता, सूचना प्रवाह, नागरिक संचार र डिजिटल मार्केटिङ ठप्प हुन सक्छ।
-
लाखौँ युवाले वैदेशिक रोजगारी र अध्ययनका लागि फेसबुकमार्फत सम्पर्क राख्ने बाटो गुमाउन सक्छन्।
-
राजनीतिक, सामाजिक र सांस्कृतिक संचारमा ठूलो खालीपन सिर्जना हुनेछ।
-
विशेषज्ञहरुका अनुसार, फेसबुक पूर्ण रूपमा बन्द गर्नु भन्दा सरकारले कम्पनीलाई दर्ता र नियमनको दायरामा ल्याउनेतर्फ जोड दिनु उपयुक्त हुनेछ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
