logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

गृहमन्त्री रमेश लेखकले पद छाड्ने निर्णय, पार्टीलाई जानकारी

गृहमन्त्री रमेश लेखकले पद छाड्ने निर्णय, पार्टीलाई जानकारी


  • सोमबार, भाद्र २३ २०८२
  • 1.9K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    सामाजिक सञ्जाल बन्दविरुद्ध भएको ‘जेनजेड आन्दोलन’मा ठूलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने निर्णय गरेका छन्।

    सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा उनले यस्तो जानकारी दिएका हुन्।

    कांग्रेसका एक पदाधिकारीका अनुसार, लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको भन्दै त्यसको नैतिक जिम्मेवारी लिने घोषणा गरेका हुन्।

    ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो। मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ, नैतिकताका आधारमा पदमा बस्दिनँ,’ लेखकको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले बताएका छन्।

    यसअघि, कांग्रेसभित्रैका नेताहरुले समेत गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै सरकारबाट बाहिरिन दबाब दिइरहेका थिए।

    प्रकाशित : सोमबार, २३ भाद्र २०८२ , ०७:५५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend