logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी


  • मंगलबार, भाद्र २४ २०८२
  • 676
    SHARES

    लोकसारथि संवाददाता, रुपन्देही ।

    रुपन्देही जिल्लामा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा तथा झडपका कारण शान्ति सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

    प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा. टोकराज पाण्डेद्वारा जारी आदेशअनुसार, मिति २०८२ भदौ २४ गते बिहान ९:३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू हुने भएको हो।

    स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम जारी गरिएको आदेशमा रुपन्देही जिल्लाभर पाँचजनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता गतिविधि गर्न निषेध गरिएको छ।

    सीडीओ पाण्डेले आदेशमा भनेका छन्, “यस आदेशको उल्लंघन गर्ने वा आदेश पालना गर्न अवरोध गर्ने जो कसैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।”

    निषेधाज्ञासँगै रुपन्देहीमा शान्ति सुरक्षालाई कडाइका साथ लागू गर्न सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रशासनले जनाएको छ।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०९:२२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend