logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा पेश गरे, जेनजी आन्दोलनपछि असामान्य परिस्थितिलाई कारण देखाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा पेश गरे, जेनजी आन्दोलनपछि असामान्य परिस्थितिलाई कारण देखाउँदै


  • मंगलबार, भाद्र २४ २०८२
  • 507
    SHARES

    काठमाण्डौं – देशमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका छन्।

    ओलीले राष्ट्रपतिलाई पठाएको पत्रमा उल्लेख गरेका छन् कि, “सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा, हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकास र समस्या समाधानका लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”

    सत्तारुढ सरकारविरुद्धको विरोध प्रदर्शन युवा पुस्ता ‘जेनजी’ले सोमबारदेखि देशभर सञ्चालन गरेको आन्दोलन अनियन्त्रित बनेपछि ओली राजीनामा दिन बाध्य भएका हुन्। विरोध प्रदर्शनमा सुरक्षा बलद्वारा बल प्रयोग हुँदा काठमाडौँमा १७ जना र विराटनगरमा दुई जना गरी कम्तीमा १९ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए।

    राजीनामा पेशसँगै मुलुकमा राजनीतिक संक्रमणकाल सुरु हुने देखिन्छ। विभिन्न राजनीतिक विश्लेषक र सामाजिक अगुवाहरूले शान्तिपूर्ण राजनीतिक समाधानका लागि अब अन्तरिम वा संक्रमणकालीन सरकार गठनको आवश्यकता औंल्याएका छन्।

    542382628_1922252058631015_8497641736399554609_n

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०२:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend