logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

जेनजी आन्दोलन: सरकारी वकिलको कार्यालयसहित सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी, मृतक संख्या २१ पुग्यो

जेनजी आन्दोलन: सरकारी वकिलको कार्यालयसहित सिंहदरबार र सर्वोच्च अदालतमा आगजनी, मृतक संख्या २१ पुग्यो


  • मंगलबार, भाद्र २४ २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ – सामाजिक सञ्जाल बन्द, राजनीतिक भ्रष्टाचार र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको ‘जेनजी’ युवाहरूको आन्दोलन मंगलबार अझ उग्र बन्दै गएको छ। आक्रोशित प्रदर्शनकारीहरूले माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन्।

    सोमबारको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेपछि आन्दोलन थप भड्किएको हो। मंगलबार बिहानैदेखि युवाहरूले सरकारी भवन, मन्त्री निवास, नेताहरूको घर र दलका कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन्।

    यस क्रममा प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च अदालतमा समेत आगो लगाएका छन्। भीड नियन्त्रणका लागि प्रहरीले गोली प्रहार गर्दा मंगलबार मात्रै कालिमाटीमा दुई युवाको ज्यान गएको छ।

    यसअघि सोमबार भएको गोलीकाण्डमा १९ जनाको मृत्यु भइसकेको थियो। मंगलबारको घटनासँगै मृतकको संख्या २१ पुगेको छ भने सयौँ घाइते भएको बताइएको छ।

    सडकमा युवाहरूको भीड झन् बढ्दै गएपछि राजधानीमा स्थिति नियन्त्रणबाहिर गएको सुरक्षास्रोतहरूले जनाएका छन्।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०४:२१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend