logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

जेनजी आन्दोलन: राज्यका तीनै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा, प्रमुख भवनमा आगजनी

जेनजी आन्दोलन: राज्यका तीनै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा, प्रमुख भवनमा आगजनी


  • मंगलबार, भाद्र २४ २०८२
  • 715
    SHARES

    काठमाडौँ – सोमबारदेखि सुरु भएको ‘जेनजी’ आन्दोलन मंगलबार निर्णायक मोडमा पुगेको छ। आक्रोशित प्रदर्शनकारीहरूले राज्यका तीन प्रमुख अङ्ग– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भवनहरू नियन्त्रणमा लिएर आगजनी तथा तोडफोड गरेका छन्।

    संसद् भवन, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सर्वोच्च अदालतलगायतका संरचनामा आन्दोलनकारीहरूले आगो लगाएका हुन्। प्रमुख तीनै अङ्गका केन्द्रमा भएको आक्रमणपछि मुलुक अभूतपूर्व राजनीतिक संकटतर्फ धकेलिएको विश्लेषण गरिएको छ।

    सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरूले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थिति आफ्नो नियन्त्रणबाहिर पुगेको स्वीकार गरेका छन्। विज्ञप्तिमा आन्दोलनलाई शान्तिपूर्ण समाधान गर्न सबै पक्षसँग अपिल गरिएको छ।

    आन्दोलनकारीहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारविरुद्ध उठाएका माग तत्काल सम्बोधन नगरे मुलुक अझ गम्भीर संकटमा धकेलिन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

    प्रकाशित : मंगलबार, २४ भाद्र २०८२ , ०५:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend