logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

जेनजी आन्दोलनपछि काठमाडौंमा सुरक्षा बल सक्रिय, स्थिति नियन्त्रणमा

जेनजी आन्दोलनपछि काठमाडौंमा सुरक्षा बल सक्रिय, स्थिति नियन्त्रणमा


  • बुधबार, भाद्र २५ २०८२
  • 793
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    जेनजीको नाममा भएको आन्दोलनका क्रममा तीव्र आगजनी र लुटपाटका घटनापछि नेपाली सेना सक्रिय भएको छ। मंगलबार राति १० बजेदेखि सेना राजधानीस्थित स्थिति नियन्त्रणमा लिन परिचालित भएको हो। बुधबार बिहानदेखि काठमाडौं उपत्यकाको स्थिति सामान्य भएको देखिएको छ।

    उपत्यकाका सडकमा नेपाली सेना छ्यापछ्याप्ती देखिएका छन् भने चेकजाँचमा कडाइ गरिएको छ। सामान्य हिँडडुलमा समेत सेना कडा देखिएको र यातायातका साधनहरू प्रायः चल्न सकेका छैनन्। दमकल, प्रेस र अन्य अत्यावश्यक सवारी साधनहरू भने निर्बाध चलिरहेका छन्। बजार बन्द रहेका छन्।

    अवशेष र क्षति
    सडकमा आन्दोलनकारीले गरेका तोड़फोडका अवशेष देखिएका छन्। तर कतिपय स्थानमा आगलागी अझै नियन्त्रणमा छैन।

    • नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबारको आगलागी अझै भयरहेको छ।

    • सिंहदरबारका कतिपय भवनमा आगो पूर्ण नियन्त्रणमा आएको छैन।

    • थापाथलीस्थित नेपाल राष्ट्र बैंकको भवन र कान्तिपुर पब्लिकेसनमा पनि आगो नियन्त्रणमा आउन बाँकी छ।

    महत्त्वपूर्ण सरकारी कार्यालय र राजनीतिक दलका कार्यालय नष्ट
    संघीय संसद भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालय, नागरिक उड्डयन प्राधिकरण, काठमाडौं जिल्ला अदालत लगायतका महत्त्वपूर्ण सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन्। प्रमुख राजनीतिक दलका कार्यालय पनि जलेर नष्ट भएका छन्।

    सेना सक्रिय र सरसफाइ अभियान
    नेपाली सेनाले चोकचोकमा कडाइ र चेकजाँच गरेकाले स्थिति पूर्ण नियन्त्रणमा रहेको अधिकारीहरूले बताएका छन्। मुख्य सडक र भित्री सडकमा कुनै जमघट देखिएको छैन। सेनाले सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरेको छ।
    रातोपाटीकर्मी बुधबार बिहान काठमाडौंका विभिन्न स्थानमा पुग्दा सडकमा आन्दोलनकारीले जलाएका गाडीसहितका सामाग्रीका भग्नावशेष देखिएका छन् भने कतिपय स्थानमा नेपाली सेनाको अग्रसरमा सरसफाइ भइरहेको छ।

    प्रकाशित : बुधबार, २५ भाद्र २०८२ , १०:५४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend