हालै तिलोत्तमा–१, शंकरनगरस्थित निवासमा भएको तोडफोड र आगजनीप्रति गहिरो पीडा व्यक्त गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले आम नागरिकसँग शान्तिपूर्ण रुपान्तरणतर्फ लाग्न अपिल गरेका छन्।
गिरीले सार्वजनिक अपिलमार्फत आफू मात्र नभई परिवार, छिमेक र शुभेच्छुक सबै पीडित बनेको उल्लेख गर्दै भने, “मेरो त्यो घर कुनै भव्य महल थिएन, पसिना र संघर्षबाट कमाएको सानो निवास मात्र थियो। तर इमानदारीको मूल्य आज आगोले तिरस्कार गर्यो।”
पूर्वमुख्यमन्त्रीले आफ्नो राजनीतिक यात्रामा पदप्रतिको लोभ भन्दा जिम्मेवारीलाई प्राथमिकता दिएको दाबी गर्दै मुख्यमन्त्री हुँदा अनावश्यक बजेट कटौती गरेर जनताको करको पैसाको संरक्षण गरेको स्मरण गराए। “के मेरो इमानदारिताको फल यही हो त?” गिरीले प्रश्न उठाए।
जेनजी आन्दोलनका युवाप्रति सहानुभूति व्यक्त गर्दै उनले उनीहरूको जायज मागलाई समर्थन गर्ने तर हिंसा र ध्वंशलाई आन्दोलनको औजार नबनाउन आग्रह गरे। “आवाजलाई सभ्य र सशक्त बनाऔं, आलोचना गरौं तर तथ्यमा रहेर। सार्वजनिक सम्पत्ति र निजी धननष्ट कुनै क्रान्ति होइन,” उनले भने।
उनले बाह्य शक्ति वा व्यक्तिले युवालाई भड्काउने सम्भावनाप्रति चेतावनी दिंदै भने, “यदि कसैले युवालाई प्रयोग गर्दैछ भने त्यो आन्दोलनमाथि अन्याय र देशमाथि धोका हो।”
गिरीले आफू विचलित नहुने स्पष्ट गर्दै समाज रूपान्तरणको यात्रालाई अझ सशक्त बनाउने प्रतिज्ञा गरे। “यो आगोले मेरो घर पो जलायो होला, तर मेरो आत्मा, आदर्श र इमानदारी अझ प्रज्वलित बनाएको छ,” उनले भने।
दार्शनिक टिप्पणी
आगोमाथि उभिएर शीतलता मिलोस्, खोलाको मध्यमा निर्मित घर ठुलो बाढीमा पनि सुरक्षित रहोस्, अपराध कर्मका बेला अपराधीसँगै फेला पारी प्रहरिले पक्रँदा निर्दाेष मानी छोडिदेओस्, पेंदमा ठुलो प्वाल परेको डुंगामा बसेर विशाल नदी पार गर्न सकियोस् यस्तो सम्भवतः बिरलै होला वा भनौँ असम्भ्व नै छ, अपवादको अवस्था बाहेक । महावीर कर्ण जस्ता दानवीर यस धरामा न भुतो न भविष्यति तर अनैतिक र दुराचारी दुर्याेधनको संगत स्वीकार गरेर जीवनभर त्यसको दुष्प्रभाव झेलिरहे । ब्रह्माण्ड नै महाप्रलयप्रति समर्पित छ भने महाप्रलयका बेला यसभित्रका सबै चिजवस्तु, प्राणी पनि महाप्रलयको शिकार बन्नै पर्दछ । सन्त, योगीहरु परम सत्यको सान्निध्यमा पलहरु बिताउँछन् र पो शान्ति, सुरक्षा र सदगतिका योग्य पात्र बन्छन् जबकि योगमायाजनित विकारको संसारमा लिप्त मानिसहरु सदैव दुःखको रापले छट्पटिरहेका हुन्छन् । यो संसारमा कुनै पनि घटना, परिघटना बिना कारण हुँदैहुन्न । यसलाई कर्मको सिद्धान्त भनिन्छ । अर्काे भाष्य प्रयोग गर्दा यही हो ल अफ कज एण्ड इफेक्ट ।
पूर्व माननीय लिला गिरी जनता र समाजप्रति सच्चा हृदयले समर्पित व्यक्तित्व हुन् र जनहितमा थुप्रै कार्यहरु गरेका छन् तथापि निवासमा भएको आगलागी सायद मनसा, कर्मणा या वाचिकमध्ये कुनै न कुनै एक दोषको प्रभाव होला । इच्छामृत्युको वरदान पाएका भीष्म पितामहले द्रोपदीको चिरहरण गरेका थिएनन् तर चिरहरणका बेला उनी पनि सभामै उपस्थित थिए । द्रोपदी विरुद्धको अमानवीय कार्यलाई तत्काल रोक्न सक्ने उनी सामर्थ्यशाली व्यक्ति भए पनि मौन बसे । यसको फलका रुपमा १८ दिवसीय महाभारत युद्धमा उनले बाणहरुको शैय्यामा असह्य कष्ट भोग्नु परेको थियो । मानिसलाई थाहा नै हुँदैन कुन बेला कस्तो कर्मको दोष लागेको छ, प्रत्यक्ष परोक्ष रुपमा । त्यसैले लाग्न सक्छ केही गरेको छै्न अनैतिक भन्ने कुरा, किन फल भोग्नुपर्यो । यद्यपि दुःख परिश्रम गरेर बनाएको निवासमा भएको आगलागी अत्यन्त निन्दनीय कार्य हो, दोषीहरुमाथि कार्वाही हुनैपर्छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
