logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

संविधानको धारा–६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त

संविधानको धारा–६१ अनुसार सुशीला कार्की प्रधानमन्त्री नियुक्त


  • शुक्रबार, भाद्र २७ २०८२
  • 988
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ को प्रावधान प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ संविधान जारी भएपछि यसअघिका सबै सरकारहरू संविधानको धारा–७६ अनुसार गठन भएका थिए। तर, जेन–जी आन्दोलनको दबाबमा बनेको यस अन्तरिम सरकारले भने पहिलोपटक धारा–६१ को आधारमा प्रधानमन्त्री पाएको हो।

    संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था मात्र छ, जसमा प्रधानमन्त्रीको नियुक्ति, पद वा अधिकारको प्रत्यक्ष उल्लेख छैन। धारा–६१ (१) र (२) अनुसार राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने र संविधान तथा संघीय कानून बमोजिम कार्य सम्पादन गर्ने व्यवस्था छ। साथै, राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालन र संरक्षण गर्ने स्पष्ट व्यवस्था सोही धारामा गरिएको छ।

    राष्ट्रपतिले यिनै प्रावधानलाई आधार मानेर आफ्नो कर्तव्य र क्षेत्राधिकार अन्तर्गत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

    यसअघि संविधानको धारा–७६ मार्फत मात्रै प्रधानमन्त्री नियुक्त हुँदै आएका थिए। तर, असामान्य परिस्थितिको सामना गर्दै राष्ट्रपति पौडेलले पहिलोपटक धारा–६१ लाई प्रयोग गरेर नयाँ सरकार गठन गरेका हुन्।

    प्रकाशित : शुक्रबार, २७ भाद्र २०८२ , ०८:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend