logo

आइतबार, २८ भाद्र २०८३

आइतबार, भाद्र २८ २०८३

भारतका प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई

भारतका प्रधानमन्त्री मोदीद्वारा सुशीला कार्कीलाई बधाई


  • शनिबार, भाद्र २८ २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

    सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले लेखेका छन्, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना। भारत नेपालका जनताको शान्ति, प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध छ।”

    भारतले शुक्रबार रातिनै नेपालको नयाँ अन्तरिम सरकार गठन भएको घटनालाई स्वागत गरेको थियो। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा बनेको सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ।

    नेपाल र भारतबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ सरकारसँग सहकार्य गर्ने भारतले पुनः प्रतिवद्धता जनाएको छ।

     

    प्रकाशित : शनिबार, २८ भाद्र २०८२ , ०१:१६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend