logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

देशभर मौसम बदली, लुम्बिनीमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, लुम्बिनीमा भारी वर्षाको सम्भावना


  • सोमबार, भाद्र ३० २०८२
  • 1.1K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले देशभर सामान्यतया आकाश बदली भएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ। विशेषगरी लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागका धेरै स्थान र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

    मौसमविद्हरूले आगामी केही दिन सतर्क रहन सुझाव दिएका छन्।

    प्रकाशित : सोमबार, ३० भाद्र २०८२ , ०६:३० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend