सम्पादकीय
संविधान दिवस २०८२ को अवसरमा नेकपा एमालेले आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी भए पनि अध्यक्ष केपी शर्मा ओली भने उपस्थित रहेनन् । यसअघि ओली पनि सहभागी हुने चर्चा चलेको भए पनि अन्ततः उनी कार्यक्रममा नदेखिनु राजनीतिक रूपमा पनि चर्चाको विषय बनेको छ । च्यासल परिसरमा बिहानदेखि नै प्रहरीको बाक्लो उपस्थिति रहेको थियो, जसले कार्यक्रममा सुरक्षालाई कडाइ गरिएको स्पष्ट संकेत दिएको छ ।
नेपालको संविधान २०७२ को घोषणा दिवसका रूपमा मनाइने संविधान दिवसलाई विभिन्न दलहरूले औपचारिक रूपमा स्वीकार गरे पनि यस संविधानको प्रभावकारिताबारे प्रश्न भने निरन्तर उठ्दै आएका छन् । आलोचकहरूका अनुसार यही संविधानको आडमा दलहरूले नीतिगत भ्रष्टाचार, नातेदारवाद, सत्तावाद र महत्त्वपूर्ण पदमा स्वार्थअनुसारको नियुक्ति व्यापक रूपमा बढाएका छन् । देशमा बेरोजगारी, ध्वस्त न्याय व्यवस्था, घुसखोरी, हत्या, हिंसा, बलात्कार, युवा पलायनजस्ता चुनौतीहरू समाधान नभएको वास्तविकता देखाउँदै संविधान आफैं पूर्ण र उत्कृष्ट अवस्थामा पुगेको दाबी गर्न सकिँदैन भन्ने जनमत प्रबल छ ।

तर यद्यपि, दशक लामो सशस्त्र द्वन्द्व र १९ दिने जनआन्दोलनपछि शून्यतामा गएको मुलुकलाई राजनीतिक आधार दिने काम संविधान २०७२ ले गरेको सबैले स्वीकार गरेका छन् । यसैले यसको खारेजी नभई आवश्यक संशोधनमार्फत सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ । पछिल्लो पुस्ता, विशेषगरी जेनजी आन्दोलनमा सक्रिय युवाहरूले संविधान संशोधन र राजनीतिक दलहरूको सत्तामोहविरुद्ध कडा आवाज उठाइरहेका छन् । उनीहरूको आन्दोलनले राजनीतिक दलहरूलाई सचेत रहनु पर्ने सन्देश दिएको देखिन्छ । संविधान दिवस यसपटक पनि औपचारिक रूपमा मनाइए तापनि यससँगै मुलुकको भविष्य र राजनीतिक शुद्धिकरणका सवालमा नयाँ बहस र प्रश्नहरू उठाइरहेका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
