logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारतीय दूतावासमा शरण लिन पुगेको खुलासा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारतीय दूतावासमा शरण लिन पुगेको खुलासा


  • शुक्रबार, असोज ३ २०८२
  • 1.1K
    SHARES

    काठमाडौं । जेन जीको भ्रष्टाचारविरोधी आन्दोलन चर्किरहेको बेला राजनीतिक नेताहरू कहाँ–कहाँ शरण लिन पुगे भन्ने विषय चासोको विषय बनेको छ । यसैक्रममा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारतीय दूतावासमा शरण लिन पुगेको खुलेको छ ।

    एक उच्च प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्री नेपाल आफ्ना सुरक्षाकर्मी—सशस्त्र प्रहरी र नेपाल प्रहरीको साथसहित लैनचौरस्थित भारतीय दूतावास सुटुक्क प्रवेश गरेका थिए ।

    समाचारअनुसार, कोटेश्वरस्थित उनको घरमा आन्दोलनकारीले आगजनी गरेपछि उनी निकै आत्तिएका थिए । त्यतिबेला सैनिक व्यारेक वा प्रहरी कार्यालयमा जानुका सट्टा उनले आफ्नो चालकलाई सिधै दूतावासतर्फ मोड्न निर्देशन दिएका थिए । आन्दोलन मत्थर नभएसम्म उनी भारतीय दूतावासमै बसेको पुष्टि भएको छ ।

    आन्दोलनकारीहरूसँग मिसिएको एक समूहले कोटेश्वरस्थित उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो । यसअघि नै पतञ्जलीको जग्गा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । अदालतले समेत वारेस राख्न नमिल्ने आदेश जारी गर्दै उनलाई स्वयं उपस्थित हुनुपर्ने स्पष्ट पारेको अवस्था छ ।

    पूर्वप्रधानमन्त्री नेपाल दूतावासबाट बाहिरिएपछि केही समयमै आफ्ना सहयोगी र सुरक्षाकर्मीका साथ जलेको घर अवलोकन गर्न कोटेश्वर पुगेका थिए । आन्दोलन चर्किरहेको सन्दर्भमा उनको दूतावास प्रवेशले राजनीतिक वृत्तमा थप तरंग पैदा गरेको छ ।

    प्रकाशित : शुक्रबार, ३ असोज २०८२ , ०३:३३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend