logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

डा. बाबुराम भट्टराईले समाजवादी पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए, विशेष महाधिवेशनको तयारी

डा. बाबुराम भट्टराईले समाजवादी पार्टीको अध्यक्ष पदबाट राजीनामा दिए, विशेष महाधिवेशनको तयारी


  • बुधबार, असोज ८ २०८२
  • 910
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

    बुधबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले आफ्नो राजीनामा पत्र प्रस्तुत गर्दै अबको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने आवश्यकता औंल्याएका छन्।

    बैठकले भट्टराईको राजीनामालाई ग्रहण गर्दै पार्टीको केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको छ। त्यससँगै पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने मार्गचित्र तय गरिएको छ।

    पार्टी स्रोतका अनुसार, विशेष महाधिवेशनको तयारी स्वरूप महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरिएको छ। समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई प्रस्ताव गर्ने तयारी भइरहेको र यसबारे छलफल जारी रहेको जनाइएको छ। अन्तिम निर्णय आयोजक कमिटी गठनपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

    पार्टी नेतृत्वमा फेरबदलको तयारी गर्दै संगठनलाई विशेष महाधिवेशनमार्फत पुनर्संरचना गर्ने रणनीति समाजवादी पार्टीले लिएको छ।

    प्रकाशित : बुधबार, ८ असोज २०८२ , ०६:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend