logo

बुधबार, २४ भाद्र २०८३

बुधबार, भाद्र २४ २०८३

नेपाल वायुसेवाले चिनियाँ सहर ग्वाङ्जाओमा नियमित उडान सुरु गर्ने, भाडा ३० देखि ५० हजार

नेपाल वायुसेवाले चिनियाँ सहर ग्वाङ्जाओमा नियमित उडान सुरु गर्ने, भाडा ३० देखि ५० हजार


  • बुधबार, असोज ८ २०८२
  • 819
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    नेपाल वायुसेवा निगमले चिनियाँ सहर ग्वाङ्जाओमा नियमित सेड्युल उडान सुरु गर्ने भएको छ। निगमले पहिलोपटक काठमाडौंबाट ग्वाङ्जाओमा सिधा उडान गर्न लागेको हो।

    निगमका प्रवक्ता मनोज साहका अनुसार, भोलि (विहीबार) असोज ९ गते पहिलो उडान हुने र दोस्रो उडान असोज १२ गते तोकिएको छ। त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते गरी थप उडान हुनेछन्। निगमले त्यसपछि हरेक आइतबार, मंगलबार र शनिबार नियमित उडान गर्ने गरी तालिका तय गरेको छ।

    निगमले एकतर्फी भाडा ३० हजार रुपैयाँदुईतर्फी भाडा ५० हजार रुपैयाँ तोकेको छ। काठमाडौं–ग्वाङ्जाओ उडान राति १०:१५ बजे हुनेछ भने फर्किने उडान भोलिपल्ट बिहान हुने निगमले जनाएको छ।

    प्रवक्ता साहले भने, “निगमले लामो प्रयासपछि चिनियाँ गन्तव्यमा उडान सुरु गर्न लागेको हो। यसले राष्ट्रिय ध्वजाबाहकलाई रोज्ने यात्रुहरुलाई थप सहज बनाउनेछ।”

    हाल निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमान छन्। यी विमानमार्फत निगमले दोहा (कतार), क्वालालम्पुर (मलेसिया), दुबई (यूएई), हङकङ, दिल्ली, मुम्बई, वैङ्लोर (भारत), बैंकक (थाइल्याण्ड), दमाम (साउदी अरब) र नारिता (जापान) उडान गर्दै आएको छ।

    निगमले निकट भविष्यमा कोरिया र अष्ट्रेलियामा पनि सिधा उडान गर्ने तयारी गरिरहेको भए पनि ती गन्तव्यका लागि अनुमति भने अझै प्राप्त भएको छैन।

    प्रकाशित : बुधबार, ८ असोज २०८२ , ०६:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend