लोकसारथि संवाददाता, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीलाई चार देशका राजदूतहरूले आज शिष्टाचार भेट गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार युरोपेली संघ (ईयू) का राजदूतसहित फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतहरूले दिउँसो साढे २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भेट गर्ने कार्यक्रम तय भएको छ।
हालैको ‘जेनजी आन्दोलन’सँगै भएको राजनीतिक परिवर्तनपछि नेपालमा अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको सन्दर्भमा यो भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
यसअघि भारत, अमेरिका र चीनका राजदूतहरूले पनि प्रधानमन्त्री कार्कीलाई भेट गरिसकेका छन्।

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
