logo

सोमबार, २९ भाद्र २०८३

सोमबार, भाद्र २९ २०८३

कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुने, फागुन २० भित्र १८ वर्ष पुग्ने सबैलाई भोट अधिकार

कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुने, फागुन २० भित्र १८ वर्ष पुग्ने सबैलाई भोट अधिकार


  • बिहिबार, असोज ९ २०८२
  • 819
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।
    निर्वाचन आयोगले आउँदो कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ।

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै आयोगले बिहीबार बसेको बैठकमार्फत नामावली संकलनको अवधि तोकेको हो।

    आयोगका अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नेपाली नागरिकले समेत आगामी निर्वाचनमा भोट हाल्न पाउनेछन्। यससँगै मतदान योग्य भइसकेका वा यसअघि छुटेका सबै नागरिकले कात्तिक मसान्तसम्म नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

    निर्वाचन आयोगले योग्य नागरिकलाई तोकिएको समयसीमा भित्र नजिकैको नामावली संकलन केन्द्रमा पुगेर अनिवार्य रूपमा नाम दर्ता गराउन आग्रह गरेको छ।

    प्रकाशित : बिहिबार, ९ असोज २०८२ , ०६:११ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend