लोकसारथि संवाददाता, काठमाडौं ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्की ले आफ्नो राजनीतिक भविष्यबारे ठूलो घोषणा गर्दै रूससँगको युद्ध समाप्त भएलगत्तै पद छोड्न तयार भएको बताएका छन्। उनले भने, “मेरो लक्ष्य युद्धलाई अन्त्य गर्नु हो, सत्तामा टाँसिनु होइन।”
जेलेंस्कीको यो अभिव्यक्ति संयुक्त राष्ट्रसंघ महासभामा गरेको भाषणको भोलिपल्ट आएको हो।
युद्ध अन्त्य नै प्राथमिकता
यसअघि संयुक्त राष्ट्रसंघको ८०औं सत्रमा सम्बोधन गर्दै उनले युद्ध अन्त्यका लागि विश्व समुदायलाई अपील गरेका थिए। उनले भनेका थिए— “आज विश्वमा कानुन होइन, हतियारले नै निर्णय गर्छ कि को बाँच्ने हो। युक्रेनमा हरेक हप्ते मानिसको मृत्यु भइरहेको छ तर कुनै पनि देश युद्ध रोक्न गम्भीर छैन।”
युद्धविरामपछि निर्वाचन
एक अन्तरवार्तामा उनले स्पष्ट पारे, “शान्ति स्थापित भएपछि म सत्तामा बसिरहन चाहन्न। युद्धविराम भएको क्षणमै म संसदलाई निर्वाचन गर्न अनुरोध गर्नेछु।”
जब उनलाई युद्धपछि पद त्याग्ने विषयमा प्रश्न गरियो, उनले जवाफ दिए— “हो, म त्यसका लागि निश्चय नै तयार छु।”
उनले थपे— “यो कठिन समयमा म आफ्नो देशसँगै रहन चाहन्थें, देशलाई सहयोग गर्न चाहन्थें। मेरो उद्देश्य कुनै पनि हालतमा युद्ध अन्त्य गर्नु हो।”
पुटिनको योजना र खतरा
जेलेंस्कीले आरोप लगाए कि रूसका राष्ट्रपति भ्लादिमिर पुटिन केवल युक्रेनमै सीमित छैनन्, उनी युद्धलाई विस्तार गरी युरोपसम्म पुर्याउने योजनामा छन्।
तुरुन्त कदम उठाउन आग्रह
संयुक्त राष्ट्रसंघ महासभामा उनले विश्व नेताहरूसँग आग्रह गरे— “मानव इतिहासकै सबैभन्दा विनाशकारी हतियार प्रतिस्पर्धा अहिले भइरहेको छ। त्यसैले रूसविरुद्ध तुरुन्त र ठोस कदम चाल्नुपर्छ।”
जेलेंस्कीले संयुक्त राष्ट्रसंघकै आलोचना गर्दै यसलाई “कमजोर संगठन” करार गरे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले पनि संयुक्त राष्ट्रप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
